close

'सबको फोन'बाट पुराना मोबाइल किन्दा ३० प्रतिशत छुट, आईफोन सेभेन २० हजार रुपैयाँमा पाइने

टेकपाना टेकपाना

असोज ३, २०७९ १५:२३

'सबको फोन'बाट पुराना मोबाइल किन्दा ३० प्रतिशत छुट, आईफोन सेभेन २० हजार रुपैयाँमा पाइने

काठमाडौं । नेपाली स्टार्टअप 'सबको फोन'ले दशैँलाई लक्षित गरी नयाँ याेजना ल्याएकाे छ । यसअन्तर्गत कम्पनीले रिफर्बिस्ड अर्थात् प्रयाेग भइसकेका तर मर्मत गरी नयाँ जस्तै बनाइएका फाेन खरिदमा १० देखि ३० प्रतिशतसम्म छुट दिने भएकाे छ ।

टेकपानासँगको कुरा गर्दै कम्पनीका सञ्चालक उत्तम काफ्लेले भने, "हामीले दशैँको अवसरमा रिफर्बिस्ड फोन सस्तो मूल्यमा उपलब्ध गराइरहेका छौँ । विगतमा कम छुट दिएर बिक्री गरेका थियौँ भने यसपटक पहिलेभन्दा बढी छुट दिएर बिक्री गर्ने योजना बनाएका छौँ ।"

कम आम्दानी भएका मजदुर, संघर्ष गरिरहेका विद्यार्थी र छोटो समयमा फोन फेर्ने बानी परेका फोनका पारखीहरू सम्मका लागि सर्वसुलभ रुपमा फोन उपलब्ध गराउनु कम्पनीको उद्देश्य हो ।

वातावरणीय प्रदूषण निराकरण गर्न र विदेशबाट आयात हुने फोनको मात्रा घटाउने उद्देश्यका साथ 'सबको फोन' स्थापना भएको थियो । आफूलाई आवश्यक परेका विभिन्न ब्रान्डका रिफर्बिस्ड फोन 'सबको फोन'को वेबसाइट वा यहाँ क्लिक गरेर खरिद गर्न सक्छन् । 

यो पनि पढ्नुहोस्: पुराना र बिग्रेका फोनलाई नयाँ बनाएर बेच्ने नेपाली स्टार्टअप

पछिल्लो अध्यावधिक: असोज ३, २०७९ १५:३३