close

नेसनल पेमेन्ट स्वीचमा जोडियो हाम्रो पात्रो रेमिट, अब स्वचालित रूपमा भुक्तानी कारोबार हुने

टेकपाना टेकपाना

असोज ३, २०७९ १४:२४

नेसनल पेमेन्ट स्वीचमा जोडियो हाम्रो पात्रो रेमिट, अब स्वचालित रूपमा भुक्तानी कारोबार हुने

काठमाडौं । हाम्रो पात्रो रेमिटले नेपाल क्लियरिङ्ग हाउस (एनसीएचएल) सँग नेसनल पेमेन्ट स्वीच (एनपीएस)को प्राविधिक सदस्यको रुपमा जोडिई नेपालभित्र सेवाग्राहीलाई रेमिटेन्स भुक्तानी गर्न सम्झौता गरेको छ ।

सम्झौता पत्रमा हाम्रो पात्रो रेमिटका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत सुदिना गौतम र एनसीएचएलका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत नीलेशमान सिंह प्रधानले हस्ताक्षर गरेका छन् ।

योसँगै हाम्रो पात्रो रेमिटको आन्तरिक भुक्तानी प्रणालीलाई एनसीएचएलको नेसनल पेमेन्ट इन्टरफेस (एनपीआई)सँग जोडी एनपीएस अन्तर्गतको विभिन्न भुक्तानी उपकरणहरु प्रयोग गरी रेमिटले स्वचालित रुपमा भुक्तानी कारोबार गर्न सक्नेछन् ।

हाम्रो पात्रो रेमिटको सेटल्मेन्ट बैंक नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड रहेको छ र यस व्यवस्थाअनुसार कम्पनीले सम्पूर्ण भुक्तानी कारोबारहरु सोझै लाभग्राहीको बैंक खातामा जम्मा गरिनेछ र चाँडै नै अन्य विभिन्न उपकरणमार्फत पनि उक्त सेवा उपलब्ध हुने जनाएको छ ।

पछिल्लो अध्यावधिक: असोज ३, २०७९ १४:२४