close

गोपनीयता भंग गरेको भन्दै टिकटकलाई झन्डै ४ अर्ब जरिवाना

टेकपाना टेकपाना

असोज ११, २०७९ १८:३३

गोपनीयता भंग गरेको भन्दै टिकटकलाई झन्डै ४ अर्ब जरिवाना

काठमाडौं । बालबालिकाको गोपनीयता भंग गरेको भन्दै बेलायतमा टिकटकमाथि कारबाही गरिएको छ । त्यहाँको सूचना आयुक्तको कार्यालयले १३ वर्षभन्दा मुनिका बालबालिकाको गोपनीयता सुरक्षित नगरेको ठहर गर्दै टिकटकलाई २७ मिलियन पाउन्ड अर्थात् तीन अर्ब ७७ करोड रूपैयाँभन्दा बढी जरिवाना तिराउने निर्णय गरेको हो ।

टिकटकमाथि कानूनी कारबाहीको प्रक्रिया सन् २०२० बाटै सुरू भएको थियो । हालै आयुक्तको कार्यालयले टिकटक इंक र बेलायतमा रहेको टिकटक इन्फरमेसन टेक्नोलोजीलाई सम्भावित जरिवाना सहितको कानूनी पत्र पठाएको छ ।

उक्त पत्रमा टिकटकले बेलायतको डेटा प्रोटेक्सन कानून उल्लंघन गरेको उल्लेख गरिएको छ, जसमा टिकटकले बालबालिकाको डेटा सुरक्षा गर्न नसकेको, बालबालिकालाई आफ्नो गोपनीयताको सुरक्षाका लागि उपयुक्त जानकारी नदिएको जस्ता कुरा उठाइएको छ ।

दूरसञ्चार नियामक अफकमका अनुसार बेलायतमा रहेका ८ देखि १२ वर्ष उमेरका ४४ प्रतिशत बालबालिकाले टिकटक प्रयोग गर्छन् ।
 

पछिल्लो अध्यावधिक: असोज ११, २०७९ १८:३३