close

ईमेल लेख्न सघाउने उपयोगी वेबसाइट

टेकपाना टेकपाना

असोज १२, २०७९ १३:२९

ईमेल लेख्न सघाउने उपयोगी वेबसाइट

काठमाडौं । इन्टरनेटमा थुप्रै किसिमका वेबसाइट उपलब्ध छन् । हरेक साइट कुनै न कुनै रूपले भिन्न हुन्छन् । यहाँ उपलब्ध वेबसाइटलाई सदुपयोग गर्न सकियो भने आफ्नो जीवन स्मार्ट बनाउन सकिन्छ ।

आज हामी एउटा त्यस्तो वेबसाइटको बारेमा जानकारी दिँदैछौँ, जसले तपाईँको लेखाइलाई स्तरीय बनाउन मद्दत गर्छ । तपाईँले लेखेका कुनै पनि कुरालाई आकर्षक ढङ्गबाट प्रस्तुत गर्न वा लेख्न खोजेका कुरालाई कुनै पनि फर्म्याटमा राखेर आकर्षक लेख तयार पार्न सक्नुहुन्छ ।

कतिपय अवस्थामा औपचारिक कार्यक्रमका लागि ईमेल लेख्नुपर्ने हुन्छ । कार्यक्रम ठूलो वा सानो जस्तो भए पनि इमेल भने आकर्षक तथा स्तरीय हुनुपर्छ । त्यस्तै हामीले कैयौँ पटक विभिन्न विषयमा रहेर ब्लग लेख्न खोजेका हुन्छौँ । यस्तो अवस्थामा भाषाको ज्ञान नहुँदा वा त्यसको फर्म्याटबारे नबुझ्दा आफूले लेख्न खोजेको ब्लग मनभित्र गुम्साएर राखेका हुन्छौँ ।

त्यस्तै हामीलाई कैयौँ पटक थुप्रै विज्ञ व्यक्तिको अन्तर्वार्ता लिनुपर्ने हुन्छ । त्यस्तो अवस्थामा प्रश्नहरू आकर्षक नहुँदा अन्तर्वार्ता नै बिग्रिएको हुनसक्छ । त्यसका लागि हामीलाई हाम्रो आवश्यकता अनुसार आकर्षक प्रश्न तयार पारिदिने कोही व्यक्ति वा माध्यमको आवश्यकता परेको हुनसक्छ ।

विशेषगरी कुनै पनि सामाग्रीको विज्ञापन गर्दा भाषा वा शैली महत्त्वपूर्ण हुनेगर्छ । उदाहरणका लागि हामी आफ्नो कुनै सामाग्रीको फेसबुकमा विज्ञापन गर्दैछौँ । त्यसका लागि विज्ञापनलाई धेरै मानिसहरूले रुचाउने किसिमको बनाउनुपर्ने हुन्छ, जसमा भाषा, शब्द र शैलीले ठूलो भूमिका खेलेको हुन्छ ।

हामी कुनै पनि कम्पनीमा जागिर खोज्न जाँदा बायोडेटा आवश्यक पर्छ । बायोडेटाले नै मानिसको पहिचान, अनुभव र व्यवहार झुल्काएको हुन्छ । त्यसैले बायोडेटाबाट राम्रो प्रभाव परोस् भन्नका लागि हामीलाई हाम्रोबारेमा लेखिएको आकर्षक प्रोफाइल आवश्यक पर्छ ।

कतिपय अवस्थामा हामीलाई कथा लेख्न मन लागिरहेको हुन्छ । कथा कस्तो लेख्ने, कुन कुन कुरा समेट्ने भन्ने ज्ञान हामीमा हुन्छ । तर, त्यसलाई कसरी सुरुवात गर्ने वा आकर्षक बनाउने भन्ने कुराको ज्ञान नहुन सक्छ । यस्तो अवस्थामा कथा आकर्षक बनाउनका लागि हामीलाई कोही व्यक्ति वा माध्यमको आवश्यकता पर्छ ।

त्यस्तै हामी कुनै युट्युब भिडिओ बनाएर राख्छौँ भने त्यसमा भिडिओको डिस्क्रिप्सनले पनि ठूलो भूमिका खेलेको हुन्छ । डिस्क्रिप्सन आकर्षक राख्न थालियो भने अडियन्सको रोजाइमा पर्न सकिन्छ । त्यसैले युट्युब डिस्क्रिप्सन पनि आकर्षक लेख्नुपर्ने हुन्छ ।

यी सबै कामलाई सघाउने वेबसाइट हो राइटर डट मि । यो एआई (आर्टिफिसियल इन्टेलिजेन्स) द्वारा सञ्चालित त्यस्तो साइट हो, जसले हरेक कुराको लेखाइमा सघाएको हुन्छ । कम्पनीका अनुसार यसमा एडिडस, डेल, फोर्स, पाइनियर जस्ता विश्वप्रख्यात कम्पनी संलग्न छन् । यसबाट माथि उल्लेख गरिएका सबै काम गर्न सकिन्छ । हामी राइटर डट मिका माध्यमबाट कसरी आकर्षक तथा स्तरीय ईमेल लेख्न सकिन्छ भन्ने विषयमा जानकारी दिन्छौँ ।

  • सबैभन्दा पहिले यहाँ क्लिक गरेर राइटर डट मि (rytr.me) को साइटमा जानुहोस् ।

  • त्यसपछि स्टार्ट राइटिङ (Start Ryting) को अप्सनमा क्लिक गर्नुहोस् ।

  • त्यसपछि तपाईँलाई कुनै पनि अकाउन्ट प्रयोग गरेर लगइन गर्नुपर्ने हुन्छ । यो साइट विश्वसनीय र भरपर्दो भएकाले कुनै पनि अकाउन्ट प्रयोग गरी लगइन गर्न सक्नुहुन्छ ।

  • लगइन गरिसकेपछि पुनः होम पेजमा पुगिन्छ । त्यसपछि पहिले जस्तै 'स्टार्ट राइटिङ' (Start Ryting) मा क्लिक गर्नुहोस् ।

  • त्यसपछि सबैभन्दा पहिले भाषा छान्नुहोस् ।

  • त्यसपछि सेलेक्ट टोन (select tone) मा गएर कस्तो ईमेल लेख्न पर्ने हो त्यो छान्नुहोस् । हामीले यहाँ क्याजुअल (Casual) छानेका छौँ ।

  • त्यसपछि चुज युज केस (Choose use Case) मा गएर इमेल छान्नुहोस् । (आफ्नो आवश्यकता अनुसार त्यहाँ भएका विभिध विधा छान्न सकिन्छ ।)

  • त्यसपछि कि पोइन्टको ठाउँमा किन ईमेल लेख्न खोज्नुभएको हो त्यो कुरा लेख्नुहोस् ।

  • त्यसपछि तल रहेको राइट फर मि (Ryte for me) मा क्लिक गरेर इमेलको प्रि  भ्यु देख्न सक्नुहुन्छ ।

  • याद गर्नुहोस् कि पोइन्ट्सको सेक्सनमा जे कुरा राख्नु भएको , ईमेल त्यसैको आधारमा तयार हुन्छ ।  

 

 

पछिल्लो अध्यावधिक: असोज १२, २०७९ १३:३०