close

फोटोबाट कसरी हुन्छ साइबर आक्रमण  ?

टेकपाना टेकपाना

असोज २०, २०७९ ७:१८

फोटोबाट कसरी हुन्छ साइबर आक्रमण  ?

काठमाडौं । भाइरस, फिसिङ, संक्रमित गरिएका वाइफाइ नेटवर्कमार्फत तपाईंको डिभाइस र तपाईंको डेटा सुरक्षित राख्ने कुरामा धेरै नै ध्यान दिनु पर्ने हुन्छ । डेटा सुरक्षाका चुनौतीहरूमा सबैभन्दा वास्ता नगरिएको पाटो तस्बिर हो । धेरैलाई थाहा नहुन सक्छ हाम्रो डिभाइसमा भएका तस्बिरमा पनि मालवेयर हुनसक्छ ।

हामीले यसलाई ख्याल गरेका हुन्नाैं । तर मालवेयर डिजिटल फोटोहरूमा इन्जेक्ट गर्न सकिन्छ जुन पूर्ण रूपमा सामान्य देखिन्छ। त्यसो गर्ने प्रविधिलाई स्टेग्नोग्राफी भनिन्छ, वा एउटा फाइललाई अर्कोमा लुकाउने अभ्यास र यो सधैं दुर्भावनापूर्ण रूपमा गरिन्छ

यो प्रकृयामा तस्बिरसँगै आएको डेटाको फाइदा उठाई तस्बिरमा मालवेयर इन्जेक्ट गर्ने गरिन्छ । लगभग कुनै पनि तस्बिरको डेटा प्रयोग गरेर त्यसमा मालवेयर लुकाउन गरी सम्पादन गर्न सकिन्छ । अधिक आकर्षक र लोकप्रिय तस्वीर जस्तै जेम्स वेब लिइएका तस्बिरहरू पछिल्लो आक्रमणको शिकार बनिरहेका छन् ।

सामान्यतया यस्ता मालवेयर युक्त तस्बिरहरू विभिन्न वेबसाइट अथवा डकुमेन्टमाहरूमा उपलब्ध गराइएको हुन्छ । यी आधारभूत कुराहरू हुन्, तर तस्बिर मार्फत हुने विभिन्न आक्रमणहरू फरक फरक हुने गर्छन् ।

एउटा तस्विरमा मालवेयरलाई फरक तरिकाहरूबाट इम्बेड गर्न सकिन्छ, उदाहरणका लागि फाइलको विवरणको अन्त्यमा संलग्न गर्ने वा फाइलसँग सम्बन्धित डेटाको विवरण नै परिवर्तन गर्ने । हालै मात्र भएको एउटा आक्रमणमा ‘अब्लिकर्‍याट’ नामक मालवेयर ब्राउजर ट्याबबाट नै इन्जेक्ट गरिएको थियो ।

 यो मालवेयर माइक्रोसफ्ट अफिसको इमेलमा राखिएको तस्बिरहरू प्रयोग गरेर आक्रमण गरिएको थियो । उक्त तस्बिर लोड हुने समयसम्म मालवेयरले डिभाइसमा आक्रमण गर्न सुरु गरिसकेको हुन्छ । जस्तोसुकै विवरणले पनि तस्बिरमार्फत मालवेयर ओसारपसार गर्ने काम गर्न सक्छ ।

यस्ता तस्बिरहरूले डिभाइसको प्रणालीमा क्षति पुर्‍याउन, र्‍यानसमवेयर सेटअप गर्न वा कम्प्युटरमा क्रिप्टो माइनिङ गर्ने कोड तयार गर्ने लगायतका कोडहरू ट्रान्सफर गर्न सक्छ । प्रविधिसँगै नयाँ चुनौतीहरू थप हुँदै गइरहेका छन् । वास्तवमा, कुनै पनि फाइललाई क्यारियरको रूपमा प्रयोग गर्न सकिन्छ - तस्बिर, भिडियो अथवा र कुनै डिजिटल कागजातहरू ।

यी आक्रमणहरूले राम्रोसँग काम गर्ने कारणहरू मध्ये एउटा कारण हो तस्बिरलाई कुनै मानिसले शंका गर्दैन । जस्तो कि अहिलेको स्थितिमा यदि कुनै संकास्पद लिंक, इमेल, मेसेज वा फोन आयो भने तपाईं यो पक्कै पनि केही गलत हुनसक्छ भनेर शंका गर्नुहुन्छ र यसलाई तुरुन्त कारबाही गर्ने सोच्नुहुन्छ ।

तर सामान्य रुपमा इन्टरनेटमा देखिएका कुनै राम्रो तस्बिर डाउनलोड गर्नुभन्दा अगाडि अथवा कुनै साथीले पठाएको तस्बिर मोबाइलमा लोड गर्नु भन्दा अगाडि तपाईं यस्तो कुनै पनि प्रकारणको साइबर आक्रमणको विषयमा सोच्नुहुन्न । यसैले गर्दा पनि तस्बिरबाट हुने धेरैजसो आक्रमणहरू सफल हुन्छन् ।

यस्तो प्रकारको आक्रमणबाट बच्नको लागि विभिन्न ब्राउजरले अहिले सुरक्षाका फिचरहरू दिएका छन् । क्रोममा तस्बिरबाट हुने आक्रमणबाट सुरक्षित रहनको लागि फिचर उपलब्ध छ । यसको लागि सेटिङमा गएर प्राइभेसी एन्ड सेक्युरिटी अप्सनमा क्लिक गर्नुहोस् र त्यसपछि साइट सेटिङमा गएर इमेज भन्ने अप्सनमा क्लिक गर्नुहोस् ।

यसबाट बच्ने अर्को उपाय भनेको आफूले प्रयोग गर्ने ब्राउजरलाई समय समयमा अपडेट गरिरहने हो । कम्पनीले ब्राउजरको नयाँ अपडेटसँगै सुरक्षा अपडेट पनि दिने हुँदा आफूले प्रयोग गर्ने ब्राउजरलाई अपडेट गरिरहन आवश्यक छ । 

पछिल्लो अध्यावधिक: असोज २०, २०७९ १२:१६