close

भायानेटको २४ वर्षे यात्रा, देशभर १० लाख प्रयोगकर्ता

टेकपाना टेकपाना

असोज ३०, २०७९ १३:३५

भायानेटको २४ वर्षे यात्रा, देशभर १० लाख प्रयोगकर्ता

काठमाडौं । इन्टरनेट सेवा प्रदायक कम्पनी भायानेट कम्युनिकेसन्सले आफ्नो सञ्चालनको २३ वर्ष पूरा गरेको छ। सन् १९९९ मा स्थापित कम्पनीले ब्रोडब्यान्ड इन्टरनेट र उत्कृष्ट आईपिटिभी सेवाहरू उपलब्ध गराउँदै आएको छ ।

इन्टरनेट सेवा उपलब्ध गराएको १२ वर्ष पुरा गर्दै गर्दा सन् २०११ मा भायानेट नेपालमै पहिलो पटक फाइबर अप्टिक्स टेक्नोलोजीको सुरुवात गर्ने कम्पनी बन्यो । साथै भायानेट कुनै पनि शेरिङ रेसियो बिना डेडीकेटेड इन्टरनेट मार्फत द्रुत गतिको इन्टरनेट प्रदान गर्ने पहिलो कम्पनी समेत बन्न पनि सफल रह्यो ।

सन् २०१६ मा भायानेटले आईपीटीभी सेवा सुरु गरेर ग्राहकहरूको टिभी हेर्ने अनुभवलाई परिष्कृत बनाउन सघाएको थियो । आजको दिनमा कम्पनीले सेवाको निरन्तर अपग्रेड गर्नाका साथै थप ग्राहकहरु माझ आफ्नो गुणस्तरीय सेवा विस्तार गरिरहेको छ।

भायानेटले आफ्नो अल्ट्रा-फाई इन्टरनेट लाइनअपहरू मार्फत बजारमा उपलब्ध इन्टरनेटका सबै भन्दा राम्रो विकल्पको रुपमा लाखौं ग्राहकलाई सेवा दिँदै आईरहेको छ। कम्पनीले भर्खरै भायाटीभीलाई भायाटिभी २.o मा अपग्रेड गरी अलग-अलग दर्शक प्रोफाइलहरू, पिक्चर-इन-पिक्चर मोड, पे-पर-भिउ लगायतका आधुनिक फिचरहरू उपलब्ध गराइरहेको छ ।

हाल देशभर कम्पनीको करिब २ लाख ३९ हजार ६ सय ८८ घरमा इन्टरनेट जडान सहित १० लाख ३५ हजार भन्दा बढि प्रयोगकर्ता रहेका छन् । 

आफ्नो २३ औं वार्षिकोत्सवको अवसरमा कम्पनीले यस यात्रालाई स्मरणीय र रोचक बनाउन हरदम साथ दिएकोमा आफ्ना सम्पूर्ण ग्राहकवर्ग, कर्मचारी र अन्य सरोकारवालाहरूलाई धन्यवाद दिएको छ। भविष्यमा भायानेट कम्युनिकेसनले व्यक्तिगत तथा व्यावसायिक उद्देश्यका लागि इन्टरनेट, टिभी र अन्य डिजिटल सेवाहरुको नियमित मागहरू पूरा गर्न आफ्ना उत्पादन र सेवाहरुलाई अझ बढी व्यवस्थित र विस्तारित गराउने उद्देश्य रहेको जनाएको छ ।




 

पछिल्लो अध्यावधिक: असोज ३०, २०७९ १५:६