close

असार मसान्तसम्मका लागि भायानेटको अफर: वर्षभरका लागि इन्टरनेट नवीकरण गर्दा २ महिना निःशुल्क

टेकपाना टेकपाना

असार २२, २०८० १९:३६

असार मसान्तसम्मका लागि भायानेटको अफर: वर्षभरका लागि इन्टरनेट नवीकरण गर्दा २ महिना निःशुल्क

काठमाण्डौं । इन्टरनेट सेवा प्रदायक कम्पनी भायानेट कम्युनिकेसन लिमिटेडले आफ्ना विद्यमान ग्राहकहरूका लागि नवीकरण अफर ल्याएको छ । कम्पनीले वर्षभरका लागि नवीकरण गर्दा दुई महिनाको इन्टरनेट निःशुल्क दिने योजना सुरु गरेको हो ।

यो अफर अन्तर्गत भायानेटको कुनै पनि इन्टरनेट प्याकेजको वार्षिक सदस्यता नवीकरण गरेर ग्राहकले दुई महिनाको निःशुल्क इन्टरनेट सेवाको बोनसको रूपमा प्राप्त गर्न सक्नेछन् । यो अफर असार मसान्त २०८० सम्म मात्र लागू हुने कम्पनीले जनाएको छ ।

भायानेटका अनुसार विषेश गरी भायानेटका ग्राहक सन्तुष्टि र विद्यामान ग्राहक प्रतिको उत्तरदायित्व निर्वाह गर्ने उद्देश्यका नवीकरण अफर ल्याइएको हो । यस अफर मार्फत विद्यमान ग्राहकले निर्वाध रूपमा उच्च गतिको इन्टरनेटको आनन्द लिंदा थप बचत गर्न सक्ने छन् ।

भायानेट देश मै पहिलोपटक फाइबर इन्टरनेट सुरु गर्ने कम्पनी हो । मल्टी गिग सेवामा समेत अगाडि रहेको कम्पनीले विगत २३ वर्षदेखि इन्टरनेट सेवा दिंदै आएको छ । आईपिटिभी सेवा प्रदायकको रूपमा समेत रहेको यो कम्पनीको वेबसाइटमा गएर नवीकरण अफर लगायत अन्य सेवाको बारेमा थप जानकारी लिन सकिनेछ ।

पछिल्लो अध्यावधिक: असार २२, २०८० १९:५१