close

एनसेलमा पनि बज्न थाल्यो छठको धुन

टेकपाना टेकपाना

कात्तिक १३, २०७९ १०:२७

एनसेलमा पनि बज्न थाल्यो छठको धुन

काठमाडौं । नेपाल टेलिकमकाे सिमबाट कल गर्दा सुनिने धुन अब एनसेलबाट पनि सुनिने भएको छ । मिथिला क्षेत्रका विभिन्न व्यक्तिहरुको पहलमा एनसेलले कलब्याक टोनका रूपमा छठको धुन समावेश गरेको हो ।

दशैँ र तिहारको जस्तै छठलाई पनि महत्त्व दिनुपर्ने भन्दै केही युवाहरुले पहल गरेका थिए । यो धुन सुनिन थालेसँगै यसबारे तपाईंलाई धेरै कुरा जान्न मन लागेको हुन सक्छ ।

विशेषगरी यो धुन भएको गीत कुन होला वा कहिलेबाट राख्न थालेको होला भन्ने जिज्ञासा धेरैको हुनसक्छ । आज हामी यसै विषयमा जानकारी दिँदैछौँ ।

यसअघि नेपाल टेलिकमले शुक्रबारबाट कलब्याक टोनमा छठको धुन समावेश गरेको थियो । त्यसपछि शनिबारबाट एनसेलमा पनि यो धुन बज्न थालेको हो ।

नेपालको मधेश क्षेत्रमा मनाइने छठ पर्वलाई महत्त्व दिन मोबाइल अपरेटरले कल ब्याक टोनमा यो धुन समावेश गरेका हुन् ।

'छठ में घरे आईं' एल्बमको 'मारबो से सुगवा' बोलको गीत हो । भारतीय चर्चित म्यजिक कम्पनी टी-सिरिज को भक्ति सागर युट्युब च्यानलमा यो गीतको पूरा अंश सुन्न सकिन्छ । आठ वर्षअघि उक्त च्यानलबाट प्रसारित यो संगीत छठको समयमा सर्वाधिक बज्ने गर्छ । 

पूरा गीत सुन्नुहोस्

पछिल्लो अध्यावधिक: कात्तिक १३, २०७९ १०:३१