close

माइनिङका लागि आवश्यक अपरेटिङ सिस्टम विकासमा ह्वावेलाई सफलता

टेकपाना टेकपाना

मंसिर २, २०७९ १७:२८

माइनिङका लागि आवश्यक अपरेटिङ सिस्टम विकासमा ह्वावेलाई सफलता

काठमाडौं । चिनियाँ प्रविधि कम्पनी ह्वावेले खानी (माइनिङ) उद्याेगका लागि हार्मोनी अपरेटिङ सिस्टमकाे विकास गरिरहेकाे छ । फाइभजी र इन्टरनेट अफ थिङ्स (आईओटी) को प्रयोगमार्फत 'स्मार्ट माइनिङ'को काे काम नयाँ चरणमा प्रवेश गरेको कम्पनीका रोटेटिङ अध्यक्ष केन हुले बताएका छन् ।

केही समय अघिमात्रै आयोजना भएको ‘ह्वावे कनेक्ट २०२२’ कार्यक्रममा उनले यस विषयमा भइरहेकाे प्रगतिबारे जानकारी दिएका हुन् । यो परियोजना ह्वावे र चिनियाँ इनर्जी इन्भेस्टमेन्ट कर्पोरेसनबीचको सहकार्यमा अघि बढिरहेकाे छ ।

यो प्रणालीअन्तर्गत १३ ओटा खानी र एउटा कोइला धुने स्थानमा ३३ सय ओटा उपकरण जडान गरिएको बताउँदै उनले कनेक्टिभिटी, इन्टरफेस, डेटा एक्सेस लगायतमा उल्लेख्य उपलब्धि हासिल भएको जानकारी दिए ।

यसमा स्मार्ट कन्ट्रोल, अटो पेट्रोल तथा सिस्टमको अनलाइन अपग्रेड लगायतका सुविधा छन् ।

''कुनै पनि खानीलाई प्राविधिक रुपमा रुपान्तरण गर्न सबैभन्दा महत्त्वपूर्ण पक्ष भनेको उपकरणको इन्टरकनेक्टिभिटी र इन्टरअपरेटिबिलिटी हो,'' अध्यक्ष हुले भनेका छन्, ''यसका लागि ह्वावेले फाइभजीको क्यापाबिलिटीका साथै एफटीटीएम र आईपीभिसिक्स प्रविधि प्रयोगमा ल्याएको छ । यी प्रविधिले प्रदान गर्ने लो लेटेन्सी र हाई रिलायबिलिटी रिमोट कन्ट्रोलका लागि निकै प्रभावकारी हुनेछ ।’

उनले यसका लागि आवश्यक ओएस ३० कम्पनीसँगको सहकार्यमा तीन महिनाको अवधिमा तयार पारेको जानकारी दिए ।

पछिल्लो अध्यावधिक: मंसिर २, २०७९ १७:३६