close

निर्वाचन आयोगको कल सेन्टर सेवा बन्द

टेकपाना टेकपाना

मंसिर ७, २०७९ ८:२

निर्वाचन आयोगको कल सेन्टर सेवा बन्द

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै सुरु गरेको कल सेन्टर सेवा बन्द गरेको छ । आम जनतालाई निर्वाचन सम्बन्धी सूचना दिने उद्देश्यले सुरु गरेको कल सेन्टर सेवा आयोगले बन्द गरेको छ ।  

आयोगले सञ्चालनमा ल्याएको सो कल सेन्टर निर्वाचन सम्पन्न भएकाले बन्द गरिएको जनाएको छ । आयोगले  गत  असोज  २८  गतेदेखि  कल  सेन्टर  सेवा अन्तर्गत  सञ्चालनमा  आएको  टोल  फ्री  नम्बर  ११०२ हाललाई बन्द गरिएको हो ।  

पछिल्लो अध्यावधिक: मंसिर ७, २०७९ ८:५