close

तपाईँको ट्वीटर फलोअर घटे ? यस्तो छ कारण

टेकपाना टेकपाना

मंसिर १५, २०७९ १२:४१

तपाईँको ट्वीटर फलोअर घटे ? यस्तो छ कारण

काठमाडौं । ट्वीटरका मालिक एलन मस्कले बिहीबार एक ट्वीट गर्दै नक्कली तथा स्प्याम अकाउन्ट हटाउन थालेकाे जानकारी दिएका छन् । यसले गर्दा ट्वीटर प्रयोगकर्ताको फलोअरको सङ्ख्या घट्नसक्छ ।

"ट्वीटरले अहिले धेरै स्प्याम तथा स्क्याम अकाउन्टहरू हटाउन थालेको छ," मस्कले भनेका छन्,  "त्यसैले तपाईंले आफ्नो फलोअरको सङ्ख्या घटेको देख्न सक्नुहुन्छ ।"

यसअघि नै मस्कले ट्वीटरमा बट (कम्प्यटरद्वारा तयार पारिएका स्वचालित अकाउन्ट), तथा नक्कली अकाउन्टको सङ्ख्या बढी भएको टिप्पणी गर्दै आएका थिए । ट्वीटरका लागि बट तथा स्क्याम अकाउन्ट ठूलो समस्या भएको भन्दै उनले यसकाे नियन्त्रण गर्ने योजना बनाएका हुन् ।

उनको यो कदमले ट्वीटरमा भएका सबै बट अकाउन्ट हट्नेछन् भन्ने कुरामा द्विविधा नै छ । मस्कले डिसेम्बर २ अर्थात् शुक्रबार नयाँ भेरिफाइड अकाउन्ट सिस्टम सार्वजनिक गर्दैछन् । उक्त सिस्टम सार्वजनिक हुनुअघि नै बट तथा स्क्याम अकाउन्ट हटाउनु ट्वीटरका लागि सकारात्मक पक्ष भएको विश्लेषण गरिएकाे छ ।

नयाँ भेरिफाइड प्रणाली अन्तर्गत कम्पनीहरूले गोल्ड टिक मार्क, सरकारी कार्यलयले ग्रे (खैरो) र अन्य आधिकारिक अकाउन्टले ब्लु टिक पाउनेछन् ।

पछिल्लो अध्यावधिक: मंसिर १५, २०७९ १३:७