close

नेपालमा भिभो स्मार्टफोन भित्रिएको ५ वर्ष पूरा, ग्राहकलाई यस्ता छन् छुट र उपहार

टेकपाना टेकपाना

मंसिर १६, २०७९ १८:०

नेपालमा भिभो स्मार्टफोन भित्रिएको ५ वर्ष पूरा, ग्राहकलाई यस्ता छन् छुट र उपहार

काठमाडौं । नेपालमा आफ्नो सेवा विस्तार गरेको पाँचौं वर्ष पुगेकाे अवसरमा भिभोले आफ्ना ग्राहकका लागि विभिन्न अफर ल्याएको छ । यसअन्तर्गत कम्पनीले उपहारहरु र विशेष मूल्य कटौतीसहितको 'सेल्स कार्निभल' शुक्रबारदेखि सुरु गरेको छ ।

भिभो सेल्स कार्निभल अन्तर्गत ग्राहकले भिभो स्मार्टफोन खरिद गर्दा बम्पर लक्की ड्र मार्फत दुई जनाले ४३ इन्चको भिडिओकन स्मार्ट टिभी, हरेक हप्ता एक जनाले भिभो वाई१५सी, हरेक हप्ता दुई जनाले जेबेल्जको स्मार्टवाच, हरेक दिन दुई जनाले नोइज इयरबड प्राप्त गर्न सक्नेछन् ।

साथै ३० हजार रुपैयाँभन्दा माथिको कुनै पनि फोन खरिदमा थप ६ महिनाको वारेन्टीसहित आकर्षक पुरस्कार जित्ने मौका पाउने कम्पनीले जनाएकाे छ ।

लक्की ड्र मा सहभागी हुन ग्राहकले vivodashain.com वा भिभोको सामाजिक सञ्जालमा भएको क्यूआर कोर्ड स्क्यान गरेर आवश्यक विवरण पेश गरेपछि तत्कालै आफूलाई परेको पुरस्कार थाहा पाउन सक्नेछन् ।

पुरस्कार जित्नका साथै, ग्राहकहरूले कार्निभल अवधिभर केही उत्कृष्ट स्मार्टफोनहरू अझ सुपथ मूल्यमा खरिद गर्न सक्नेछन् । यसअन्तर्गत सेल्स कार्निभल अवधिका लागि वाई२१ (४+६४ जीबी) को मूल्यमा १००० रुपैयाँले घटाइएको छ ।

त्यस्तै वाई१५एस र वाई१५सीको मूल्य रु. १५०० ले घटाइएको छ । यससँगै कार्निभल अवधिका लागि वाई२१, वाई१५एस र वाई१५सी को नयाँ मूल्य क्रमशः २१ हजार ९९९ रूपैयाँ, १८ हजार ४९९ रूपैयाँ र १६ हजार ४९९ रूपैयाँ तोकिएको छ ।

पछिल्लो अध्यावधिक: मंसिर १६, २०७९ १८:०