close

एन्ड्रोइड फोनमा गुगल पासवर्ड म्यानेजर प्रयोग गर्ने सजिलो तरिका

टेकपाना टेकपाना

मंसिर २१, २०७९ १८:३७

एन्ड्रोइड फोनमा गुगल पासवर्ड म्यानेजर प्रयोग गर्ने सजिलो तरिका

काठमाडौं । गुगलले क्रोम तथा एन्ड्रोइडका लागि पहिले नै पासवर्ड म्यानेजर उपलब्ध गराएकाे हुन्छ, जसले तपाईँको लगइन विवरण र पासवर्ड स्वतः सेभ गर्छ । यसका माध्यमबाट विभिन्न एप तथा सेवामा सजिलै लगइन गर्न सकिन्छ ।

अन्य पासवर्ड मनेजर जस्तो गुगल पासवर्ड मेनेजरको आफ्नो एप छैन । पासवर्ड मेनेजरमा पहुँच पाउन भित्र सेटिङमा जानुपर्ने हुन्छ । गुगलको पछिल्लो अपडेटले भने यी सबै प्रक्रिया सहज बनाएको छ ।

गुगलले गत जुन २०२२ मा गुगल प्ले सिस्टमको नयाँ अपडेट सार्वजनिक गरेको थियो । याेसँगै अब एन्ड्रोइड फोन वा ट्याब्लेटको होम स्क्रिनमा पासवर्ड मेनेजर शर्टकट (एप) का रूपमा राख्न सकिन्छ ।

लगइन डिटेल फेला पार्नका लागि सोझै उक्त शर्टकटमा ट्याप गरे पुग्छ । यसबाट आफ्नो लगइन डिटेल्समा सजिलै एक्सेस पाउन सकिन्छ । गुगल प्ले सर्भिसकाे भी२२.१८ अपडेटबाट यो सेवा पाउन सकिन्छ ।   

पासवर्ड मेनेजरमा कसरी बनाउने एक्सेस ?

-सबैभन्दा पहिले आफ्नो एन्ड्रोइड स्मार्टफोनको सेटिङमा जानुहोस् ।

-त्यसपछि स्क्रोल गर्दै तल जानुहोस् र प्राइभेसी विकल्पलाई छान्नुहोस् ।

-त्यसपछि ‘अटो फिल सर्भिस फ्रम गुगल’ (Auto-Fill service from Google) अप्सन छान्नुहोस् ।

-अब ‘अटो फिल विथ गुगल’को पेज खुल्छ । त्यसको तल रहेको पासवर्डमा ट्याप गर्नुहोस् ।

-यति गरिसकेपछि त्यहाँ तपाईंको अकाउन्टबाट सेभ भएका विभिन्न वेबसाइटका युजरनेम र पासवर्ड देख्न सकिन्छ । अब त्यसको माथि दायाँपट्टि सेटिङको आइकनमा ट्याप गर्नुहोस् ।

-त्यसपछि त्यहाँ ‘एड शर्टकट टु योर होम स्क्रिन’ (Add shortcut to your home screen) भन्ने अप्सन देखिन्छ; त्यसमा ट्याप गर्नुहोस् ।

यति गरिसकेपछि तपाईंको मोबाइलको होम स्क्रिनमा पासवर्ड मेनेजरको आइकन देखिन्छ । त्यसमा गएर तपाईँले कुन विभिन्न अकाउन्टमा सेभ भएका पासवर्ड हेर्न सक्नुहुन्छ । साथै यसबाट पासवर्ड हेर्न, एडिट गर्न वा डिलिट गर्न सकिन्छ ।

यसरी होम स्क्रिनमा पासवर्ड मेनेजर देखिँदा जोकोहीले पनि पासवर्ड हेर्न सक्छन् भन्ने तपाईँलाई लागेको हुनसक्छ । तर चिन्ता नलिनुहोस् ।

गुगलले यसरी सेभ भएका पासवर्ड हेर्न बायोमेट्रिक र पिनको अप्सन राखेको छ । तपाईंले यसको अर्थ तपाईँको फिङ्गरप्रिन्ट भेरिफाई वा पिन प्रयोग नगरीकन त्यहाँ सेभ भएका पासवर्ड हेर्न मिल्दैन ।  

  

 

पछिल्लो अध्यावधिक: मंसिर २१, २०७९ १८:४८