close

लकडाउनमा खेलाडीले इन्स्टाग्रामबाटै अर्बौं कमाए, धेरै कमाउनेमा रोनाल्डो

टेकपाना टेकपाना

जेठ २४, २०७७ ११:५४

लकडाउनमा खेलाडीले इन्स्टाग्रामबाटै अर्बौं कमाए, धेरै कमाउनेमा रोनाल्डो

एजेन्सी । फेसबुक, युट्युव, ट्वीटर, टिकटक, इन्स्टाग्राम लगायतका सामाजिक सञ्जालले मानिसहरुलाई जोड्ने काम मात्र गरिरहेका छैनन् । यस्ता सामाजिक सञ्जाल कतिपय प्रयोगकर्ताका लागि आम्दानीको स्रोत समेत बनिरहेका छन् । 

युट्युव, फेसबुक, इन्स्टाग्राममार्फत अर्बौं आम्दानी गर्नेको संख्या धेरै छ । यसैबीच शुक्रबार कोरोनाको समय अवधिमा इन्स्टाग्रामबाट धेरै कमाउन खेलाडीको सूची सार्वजनिक भएको छ । 

उक्त सूचीको पहिलो नम्बरमा इटालियन क्लब युभेन्टस तथा पोर्चुगलका स्टाइकर क्रिस्टियानो रोनाल्डो परेका छन् । उनी सामाजिक सञ्जालमार्फत वर्षेनी ठूलो आम्दानी गर्ने खेलाडी हुन् । 

गत वर्ष उनले आफ्नो क्लबबाट हुने आम्दानीभन्दा बढी रकम इन्स्टाग्रामबाटै कमाए थिए । हाल युरोपमा लकडाउन सुरु भएपश्चात रोनाल्डोले १.९ मिलियन पाउण्ड इन्स्टाग्रामबाटै कमाएका छन् । 

इन्स्टाग्राममा २२ करोड २० लाख भन्दा बढी फलोअर रहेका उनले यो अवधिमा जम्मा चार वटा पोष्ट गरेका थिए । जुन सबै व्यवसायीक पोष्ट थिए । आफ्ना प्रायोजकबाट उनले ती पोष्ट वापत १.९ मिलियन पाउण्ड आम्दानी गरेको हुन् । 

उक्त सूचीको दोस्रो नम्बरमा स्पेनिस क्लब बार्सिलोना तथा अर्जेनटिनाका फरवार्डर लिओनल मेस्सी रहेका छन् । उनले यो अवधिमा १.३ मिलियन पाउण्ड आम्दानी गरेका छन् । पीएसजी तथा ब्राजिलका फरवार्डर नेइमार १.१ मिलिय पाउण्ड आम्दानी गर्दै तेस्रो नम्बरमा रहेका छन् । 

सूचीको चौथो र पाँचौं नम्बरमा बास्केटबल खेलाडी शाक्विल ओ निल र इंल्याण्डका पूर्व फुटबल क्याप्टेन डेभिड ब्याकम रहेका छन् । उनीहरुले क्रमशः पाँच लाख ८३ हजार र चार लाख पाँच हजार पाउण्ड आम्दानी गरेका छन् ।

त्यस्तै छौटौं नम्बरमा भारतीय राष्ट्रिय क्रिकेट टिमका क्याप्टेन बिराट कोहोली परेका छन् । उनले यो अवधिमा तीन लाख ७९ हजार पाउण्ड आम्दानी गरेका छन् । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०