close

प्रतिलिपिको उजुरी परेपछि ट्वीटर, फेसबुक र इन्स्टाग्रामले हटाए अमेरिकी राष्ट्रपतिको भिडियो

टेकपाना टेकपाना

जेठ २५, २०७७ १२:२५

प्रतिलिपिको उजुरी परेपछि ट्वीटर, फेसबुक र इन्स्टाग्रामले हटाए अमेरिकी राष्ट्रपतिको भिडियो

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प समर्थित समूहले राखेको जर्ज फ्लोयड प्रतिको श्रद्धाञ्जली सम्बन्धी भिडियो ट्वीटर, फेसबुक, इन्स्टाग्रामबाट हटाइएको छ । प्रतिलिपि अधिकार सम्बन्धी उजुरी परेपछि ट्वीटर इंक, फेसबुक इंक र इन्स्टाग्रामले उक्त भिडियो आफ्नो प्लेटफर्मबाट हटाएका हुन् ।

दुई साता अघि अमेरिकाको मिनिसोटामा एक प्रहरी अधिकारीबाट अश्वेत नागरिक फ्लोयडको हत्या भएपछि उनको श्रद्धाञ्जलीमा ट्रम्पले भिडियो सार्वजनिक गरेको थिए । उक्त भिडियोमा फ्लोयडको मृत्युपछि प्रदर्शन, जुलुस र हिंसाका घटनाका फोटो र भिडियोहरू देखिने क्लिप प्रयोग गरी ट्रम्प बोलेका छन् ।

ती भिडियो क्लिपलाई लिएर प्रतिलिपी अधिकार हनन् विरुद्धको उजुरी परेको थियो । ठ्याक्कै कुन क्लिप भन्ने उल्लेख नगरिएको भएता पनि क्यालिफोर्नियाका वकील साम कुलाकले ट्वीटर, फेसबुक, इन्स्टाग्राम र यूट्युवमा प्रतिलिपि अधिकारको गुनासो पेश गरेका थिए ।

त्यसैका आधारमा उक्त भिडियो डिसेबल गरिएको जनाइएको छ । उक्त भिडियो यूट्युवमा पनि राखिएको थियो । तर, युट्युवले भने उक्त भिडियो अहिलेसम्म हटाएको छैन ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०