close

कोभिड–१९ विरुद्धको प्रविधि विकास गर्नेलाई नाष्टले १० लाख दिने

टेकपाना टेकपाना

जेठ २७, २०७७ १४:४३

कोभिड–१९ विरुद्धको प्रविधि विकास गर्नेलाई नाष्टले १० लाख दिने

काठमाडौं । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) ले कोभिड–१९ विरुद्ध प्रविधि विकास गर्ने तथा स्टार्टअपलाई १० लाख रुपैयाँ सरकारी अनुदान दिने भएको छ । कोरोनाका कारण सिर्जना भएको महामारी र त्यसले ल्याएका समस्यासँग जुध्न आवश्यक प्रविधिको विकास वा भएका प्रविधिलाई परिमार्जन गर्ने कार्यका लागि यो अनुदान रकम उपलब्ध गराईने नाष्टले जनाएको छ ।

मंगलबार सार्वजनिक सूचना जारी गर्दै नास्टले यसबारे जानकारी गराएको हो । नास्टका प्रवक्ता सुरेश कुमार ढुंगलेका अनुसारे कोभिड–१९ प्रतिरोधका लागि प्रविधि विकास एवं नवप्रवर्तन योजना अन्तर्गत यो अनुदान रकम उपलब्ध गराउन लागिएको हो ।

यसमा आगामी १५ दिन भित्र प्रस्ताव पेश गर्न सकिने छ । प्रस्ताव अनुसार आवश्यक अध्ययन गरी प्रतिप्रस्तावलाई १० लाख रुपैयाँसम्म अनुदान दिने योजना रहेको प्रवक्ता ढुंगेलले बताए ।

ढुंगेलका अनुसार अनुदानको लागि सहभागी हुन नाष्टले केही क्षेत्रहरु छुट्याएको छ । जसमा स्वास्थ्य प्रविधि तथा यान्त्रिकीकरण तथा औषधी निर्माण वा भ्याक्सीन विकासलाई सबैभन्दा प्राथामिकतामा राखिएको छ ।

त्यस्तै सूचना प्रविधि, कृषि प्रविधि तथा यान्त्रिकीकरण, जैविक तथा खाद्य प्रविधि, संक्रमणकालिन पूर्व तयारी प्रविधि, स्वास्थ्य एवम् कृषि र वातावरण क्षेत्रको समस्या समाधान गर्न निर्माण गरिएको उदयीमान प्रविधि सहभागी हुन पाउनेछन् ।

उल्लेखितमध्ये यथाशिघ्र सम्पन्न हुनसक्ने र महामारीका विरुद्ध लड्न आवश्यक पर्ने अति आवश्यक प्रविधिलाई प्राथमिकता दिइने जनाईएको छ । यदि उल्लेखित क्षेत्रमध्ये कसैले यसअघि निर्माण गरेको प्रविधिलाई परिमार्जन गर्ने हो भने परिमार्जनको प्रस्ताव समेत पेस गर्नुपर्ने जनाइएको छ ।

यसका लागि थप जानकारी आवश्यक परेमो यहाँ क्लिक गर्न सक्नुहुनेछ । अथवा नास्टको ईमेल ठेगाना [email protected] मार्फत सम्पर्क गर्न सकिने छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०