close

फेसबुक ग्रुपका विवरण चोरिए

टेकपाना टेकपाना

कात्तिक २१, २०७६ १६:३

फेसबुक ग्रुपका विवरण चोरिए

फेसबुकले आफ्नो ग्रुपमा सुरक्षा कमजोरी भेटिएको भन्दै जानकारी सार्वजनिक गरेको छ । फेसबुकले केही डेभलपरलाई दिएको एपीआईबाट प्रयोगकर्ताको नाम, फोटो तथा पोष्टको विवरण बाहिरिने गरेको भेटिएको हो ।

विज्ञप्तीमा कम्तिमा ११ जना डेभलपरसँग फेसबुक ग्रुपका प्रयोगकर्ताको पछिल्ला ६० दिनयताकाे विवरण रहेको जनाइएको छ । बढीमा एक सय जना डेभलपरसँग यस्तो तथ्यांक हुन सक्ने फेसबुकको भनाई छ ।

फेसबुकले जारी गरेको विज्ञप्तीमा ती डेभलपरलाई उनीहरूले प्राप्त गरेको विवरण डिलिट गर्न निर्देशन दिने जनाएको छ । साथै, फेसबुक ग्रुपबाट बाहिरिएका ती विवरणको दुरुपयोग भएको जानकारी हालसम्म नआएको फेसबुकले स्पष्ट पारेको छ ।

फेसबुकबाट सुरक्षा कमजोरीका कारण तथ्यांक चोरिएको घटना यो पहिलो भने होइन । गत महिना मात्रै फेसबुकले आफ्ना प्रयोगकर्ताको तथ्यांक सुरक्षा गर्न नसकेको आरोपमा बेलायती सरकारलाई ५ लाख पाउन्ड जरिवाना तिरेको थियो ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०