close

ह्वाट्सएपमा ग्रुप म्यासेजबाट दिक्क हुनुहुन्छ ? यसो गर्नुस्

टेकपाना टेकपाना

कात्तिक २२, २०७६ १६:२१

ह्वाट्सएपमा ग्रुप म्यासेजबाट दिक्क हुनुहुन्छ ? यसो गर्नुस्

सामाजिक सञ्जाल फेसबुकको स्वामित्वमा रहेको ह्वाट्सएपमा पछिल्लो समय विभिन्न समस्याहरू आइरहेका छन् । कहिले प्राइभेसी तथा गोपनीयताको कुरा त कहिले अनियन्त्रित ग्रुपहरूले प्रयोगकर्तालाई परिरहेको हैरानी । यस्ता विभिन्न समस्याबाट गुज्रिरहेको ह्वाट्सएपले अब भने त्यसको केही समधान पहिल्याएको छ ।

ह्वाट्स एपमा बुधबारमात्रै एउटा नयाँ अपडेट आएको छ । त्यसले ग्रुप म्यासेजमा प्रयोगकर्ताले भोगिरहेका समस्या केहि हदसम्म समाधान हुनसक्ने देखिन्छ । ह्वाट्सएपले अब प्रयोगकर्तालाई नै आफू कुन ग्रुपमा बस्ने वा नबस्ने निर्णय गर्न सक्ने सुविधा दिएको छ ।

यसअघि जसले पनि जो कसैलाई ग्रुपमा जोड्न सकिने अवस्था थियो । त्यस्तोमा अनावश्यक ग्रुपमा जोडिनु पर्ने र त्यस्ता ग्रुपका अनावश्यक म्यासेजले हैरान पार्ने अवस्था थियो ।

त्यसलाई परिवर्तन गरेर अब कसलाई ग्रुपमा एड गर्न दिने, कुन ग्रुपमा बस्ने वा नबस्ने निर्णय प्रयोगकर्ताले स्वयम्‌ले नै लिन सकिने बनाइएको हो । त्यसका लागि ह्वाट्सएपले प्राइभेसी सेटिङमा परिवर्तन गरेको छ । जहाँ प्रयोगकर्तालाई ग्रुपमा आफूलाई कसेले जोड्न सक्छ भनी छनोट गर्ने अप्सन दिइएको छ ।

त्यसमा ‘आफ्नो मोबाइलमा भएको नम्बरबाट’, ‘जो सुकैले’ र ‘अन्य कुनै’ गरी तीन ओटा अप्सन दिइएको छ । त्यसमध्ये तपाईंले कुनै एउटा छनोट गर्न सक्नुहुनेछ । यति गरिसकेपछि कुनै अपरिचित व्यक्तिले तपाईलाई कुनै ग्रुपमा एड गर्न नसकिने समेत बनाउन सक्नुहुनेछ । कसैलाई ग्रुपमा एड गर्नु अघि सुरुमा रिक्वेस्ट पठाउनु पर्ने छ । रिक्वेस्टलाई एसेप्ट गर्ने वा नगर्ने भन्ने विषयको निर्णय रिक्वेस्ट प्राप्त गर्ने व्यक्तिको हुनेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०