काठमाडौं । नेपाली बजारमा ‘ओप्पो ए ट्वेल्भ’ को मूल्य घटेको छ । कम्पनीका अनुसार अब ३ जीबी र्याम भएको उक्त फोनको बजार मूल्य एक हजार रूपैयाँ घटेको छ । अब ग्राहकले १७ हजार ५ सय ९० रुपैयाँमा यो फोन किन्न सक्नेछन् ।
नेपाली बजारमा उक्त फोन ब्ल्याक र ब्ल्यु गरी दुई कलरमा उपलब्ध छ । फोनमा ६.२२ इञ्चको डिस्प्ले रहेको छ । कर्भ्ड ग्लास स्क्रिन रहेको फोनमा कोर्निङ गोरिल्ला ग्लास थ्री प्रयोग गरिएको छ ।
डुअल रियर क्यामेरा सेटअप रहेको फोनमा १३ मेगापिक्सेलको प्राइमरी क्यामेरा र सेकेण्डरी क्यामेराका रुपमा २.० एमपी क्षमताको क्यामेरा रहेको छ । सेल्फीका लागि फोनमा ५एमपी क्षमताको फ्रण्ट क्यामेरा जडान गरिएको छ ।
यो फोनमा मिडियाटेक हेलियो पी३५ (एमटी६७६५भी/सीबी) चिपसेट प्रयोग गरिएको छ । फोनमा ३ जीबी र्याम र ३२ जीबी इन्टर्नल स्टाेरेज रहेको छ ।
फोनमा रियर माउण्टेड फिंगरप्रिन्ट सेन्सर र फेस अनलक फिचर लगायत सुविधा पनि उपलब्ध छ । त्यस्तै फाेनमा ४२३० एमएएच क्षमताको ब्याट्री जडान गरिएको छ ।