close

यसरी पत्ता लगाउनुहाेस् आफ्नो मोबाइलको आईएमईआई नम्बर

टेकपाना टेकपाना

माघ ७, २०७७ २२:२६

यसरी पत्ता लगाउनुहाेस् आफ्नो मोबाइलको आईएमईआई नम्बर

काठमाडाैं । आफ्नो मोबाइल दर्ता गर्नुअघि सुरुमा आईएमईआई नम्बर कति हो भन्ने कुराको जानकारी हुन आवश्यक छ । आधिकारिक रुपमा भित्रिएका मोबाइलको आईएमईआई नम्बर आयताकर्ता कम्पनीले सुरुमै दर्ता गरेर भित्र्याएका हुन्छन् ।

विदेशबाट उपहारको रुपमा आउने तथा व्यक्तिगत रुपमा किनेर ल्याइएका र अवैध रुपमा भित्रिएका मोबाइलकाे आईएमईआई नम्बर भने दर्ता भएको हुन्न । नेपालमै किनेका कतिपय मोबाइलको पनि आईएमईआई नम्बर दर्ता नभएको हुनसक्छ ।

अझ पुराना फोनको त आईएमईआई नम्बर दर्ता भएकै छैन । प्राधिकरणले केही वर्षदेखि मात्र आईएमईआई दर्ता गर्न थालेको छ । त्यसैले आफ्नो मोबाइलको आईएमईआई नम्बर पत्ता लगाएर दर्ता गर्नु नै वुद्धिमानी हुनेछ ।

त्यसका लागि मोबाइल प्रयोगकर्ताले आफ्नो मोबाइलमा ‘*#06#’ डायल गरी आफ्नो मोबाइलको आईएमईआई नम्बर हेर्न सक्नेछन् । यदि मोबाइलले एउटा मात्र सिम सर्पोट गर्ने हो भने एउटा मात्र आईएमईआई नम्बर देखाउँछ ।

यदि दुई वटा सिम लाग्छ भने दुईवटा आईएमईआई नम्बर हुन्छन् । यदि दुईवटा छ भने प्राधिकरणमा दुबै आईएमईआई नम्बर दर्ता गर्नुपर्ने हुन्छ ।

आईएमईआई नम्बर दर्ता भए-नभएको कसरी थाहा पाउने ?

दर्ता गराउनु पर्ने वा नपर्ने भन्ने थाहा पाउनका लागि तपाईको मोबाइलकाे आईएमईआई नम्बर प्राधिकरणको सिस्टमा दर्ता भए नभएको पत्ता लगाउन जरुरी छ ।

त्यसका लागि सुरुमा यो लिंकमा क्लिक गर्नुस् । यसमा ‘नो योर डिभाइस’ भन्ने अप्सन दिइएको छ । उक्त अप्सनमा गएर गएर तपाईले आफ्नो मोवाइलको आईएमईआई नम्बर हाली दर्ता भए नभएको थाहा पाउन सक्नुहन्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३