close

अर्को साता १०८ मेगापिक्सेल क्यामेरा भएको स्मार्टफोन सार्वजनिक गर्दै साओमी

टेकपाना टेकपाना

माघ १७, २०७७ १५:३३

अर्को साता १०८ मेगापिक्सेल क्यामेरा भएको स्मार्टफोन सार्वजनिक गर्दै साओमी

काठमाडौं । चिनियाँ स्मार्टफोन निर्माता कम्पनी साओमीले अर्को साता नयाँ फ्ल्यागशिप स्मार्टफोन मि इलाभेन विश्वव्यापी रुपमा सार्वजनिक गर्ने भएको छ । केही मिडियालाई पठाइएको आमन्त्रणबाट फेब्रुअरी ८ मा नयाँ फोन सार्वजनिक हुने विषय बाहिर आएको हो ।

फोनसँगै मियूआई १२.५ समेत विश्वव्यापी रुपमा प्रस्तुत गरिनेछ । गत महिना चीनमा मि टेनको अपग्रेडेड भर्सनको रुपमा कम्पनीले मि इलाभेन सार्वजनिक गरेको थियो ।

मि इलाभेन विश्वकै पहिलो यस्तो स्मार्टफोन हो, जसमा क्वालकम स्नापड्रागन ८८८ प्रोसेसर दिइएको छ । मि इलाभेनका अलावा मि इलाभेन प्रो समेत सोही कार्यक्रममार्फत बजारमा आउने बताइएको छ ।

यद्यपी यसको पुष्टि ८ फेब्रुअरीमा हुने कार्यक्रमबाटै थाहा हुनेछ । मिडिया आमन्त्रण अनुसार साओमी मि इलाभेन नेपाली समय अनुसार ८ फेब्रुअरी बेलुकी ५ः४५ बजे सार्वजनिक हुनेछ ।

यद्यपी साओमीले आधिकारिक रुपमा मि इलाभेन सार्वजनिक हुने मिति आधिकारिक रुपमा बाहिर ल्याएको छैन ।

यस्तो छ स्पेसिफिकेसन

फोनमा डुअल सिम सपोर्टसँगै एन्ड्रोइड टेनमा आधारित मियूआई १२.५ दिइएको छ । ६.८१ इन्चको टुके डब्लूक्यूएचडी डिस्प्ले रहेको यसमा १४४० बाई ३२०० पिक्सेल रेजोलुसन छ ।

यसमा १५०० निट्स ब्राइटनेस सहितको एमोलेड डिस्प्ले राखिएको छ । जुन १२० हर्ज रिफ्रेश रेट भएको पञ्चहोल डिस्प्ले हो ।

डिस्प्लेका साथ एचडीआर टेन प्लस मोसन एस्टिमेसन, मोसन कम्पेनसेसन (एमईएमसी) को सपोर्ट समेत रहेको छ । डिस्प्लेमा कर्निङ गोरिल्ला ग्लास भिक्टसको प्रोटेक्सन दिइएको छ ।

मि इलाभेनको क्यामेराको कुरा गर्ने हो भने यसमा पछाडि भागमा १०८ मेगापिक्सेलको मेन क्यामेरा सहित तीन ओटा क्यामेरा राखिएको छ । जसको पिक्सेल साइज १.६ माइक्रोन तथा अपार्चर एफ/१.८५ रहेको छ ।

यसका साथै अप्टिकल इमेज स्टेबलाइजेसन समेत यो फोनमा रहेको छ । दाबीहरुमा विश्वास गर्ने हो भने यसको मूख्य लेन्स आईफोन ट्वेल्भको तुलनामा ३.७ गुणा ठूलो छ ।

क्यामेराबाट एटकेसम्मको भिडियो रेकर्ड गर्न सकिन्छ । यसमा अर्को लेन्स १३ मेगापिक्सेलको रहेको छ । जुन वाइड एंगल लेन्स हो ।

त्यसैगरी तेस्रो क्यामेराको रुपमा पाँच मेगापिक्सेलको म्याक्रो लेन्स राखिएको छ । फोनमा सेल्फीका लागि २० मेगापिक्सेलको फ्रन्ट क्यामेरा दिइएको छ ।

साओमीले यो फोनमा कनेक्टिभिटीका लागि फाइभजी, फोरजी एलटीई, वाईफाई सिक्स ई, ब्लुटुथ भी ५.२, जीपीएस/ए-जीपीएस, एनएफसी, इन्फ्रारेड र यूएसबी टाइप सी दिइएको छ । साथै फोनमा हर्मन कार्डन अडियोको स्टेरियो स्पिकर समेत छ ।

इन डिस्प्ले फिंगरप्रिन्ट सेन्सर रहेको यो फोनमा ४६०० एमएएच क्षमताको ब्याट्री राखिएको छ । जुन मि टर्बो चार्ज ५५ वाट वायर चार्जिङ र ५० वाट वायरलेस चार्जिङलाई सपोर्ट गर्दछ ।

यसमा १० वाटको वायरलेस रिभर्स चार्जिङको सपोर्ट समेत छ । फोनको तौल १९४ ग्राम रहेको छ ।

कति होला मूल्य ?

साओमी मि इलाभेनको अन्तर्राष्ट्रिय बजारको मूल्य सार्वजनिक कार्यक्रमबाटै हुनेछ । यद्यपी चिनियाँ बजारमा यो फोनको मूल्य यस अघि देखिनै कायम छ ।

चीनमा ८ जीबी र्‍याम तथा १२८ जिबी भेरियन्टको मि इलाभेनको मूल्य ३,९९९ युआान रहेको छ । यसैगरी ८ जीबी र्‍याम तथा २५६ जीबी स्टोरेज भेरियन्टको यो फोनको मूल्य ४,२९९ युआन छ ।

यस बाहेक १२ जीबी र्‍याम तथा २५६ जीबी स्टोरेज भेरियन्टको मूल्य ४,६९९ युआँन राखिएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४