close

सामाजिक सञ्जालमा फोटो राख्दा नगर्नुहोस् यस्ता गल्ती

टेकपाना टेकपाना

माघ २२, २०७७ १४:३६

सामाजिक सञ्जालमा फोटो राख्दा नगर्नुहोस् यस्ता गल्ती

काठमाडौं । अहिलेको समयमा सामाजिक सञ्जालमा फोटो राख्न प्रायः सबै प्रयोगकर्ताको सौखको विषय हो । केही यस्ता प्रयोगकर्ता हुन्छन्, जसलाई केही कुरा लेख्नुभन्दा फोटो अपलोड गर्नु बढी रुचिकर लाग्छ ।

अर्को सत्यता के पनि हो भने सामाजिक सञ्जालमा केही कुरा लेख्नुको तुलनामा फोटो राख्दा बढी लाइक र कमेन्ट आउँछ । तर एकदमै थोरै प्रयोगकर्तालाई मात्र थाहा छ कि कयौं पटक सामाजिक सञ्जालमा फोटो अपलोड गर्दा उनीहरुले जानअञ्जानमा ठूलो गल्ती गरिरहेका हुन्छन् ।

जसका कारण कतिपय समय पछुताउनुपर्ने हुन्छ । आज हामी तपाईंलाई सामाजिक सञ्जालमा फोटो अपलोड गर्दा हुनसक्ने गल्तीको बारेमा बताउँदै छौं ।

फोटो शेयर गर्दा के गर्ने वा नगर्ने ?

फोटो अपलोड गर्दा हरेक समय यो कुराको ख्याल राख्नुहोस् कि फोटोमा तपाईंको साथमा को छ ? तपाईंले सामाजिक सञ्जालमा राख्ने फोटोमा मानिसहरुले तपाईंमाथि मात्र नभएर तपाईंको फोटोको ब्याकग्राउण्ड र आसपासका मानिसहरमा पनि नजर राखिरहेका हुन्छन् ।

कतिपय समय तपाईंले आफ्नो खानपिनका वस्तुहरुको फोटो पनि सामाजिक सञ्जालमा पोस्ट गरिरहनु भएको हुन्छ । त्यसो त यस्ता फोटोबाट कुनै खतरा हुँदैन ।

तर यस्ता फोटोले तपाईंको जीवनशैलीको राज भने खुलाइरहेको हुन्छ । खाना र त्यसमा भएको मसलाको तस्वीरबाट तपाईंको डायटिङको बारेमा थाहा हुनसक्छ । खाने कुरासँगै छेउमा रहेको रक्सीको बोत्तलबाट तपाईंको संगतको समेत राज खुल्छ ।

कतिपय समय तपाईं आफ्नो अफिसमा कुनै बहाना बनाएर विदा लिनुहुन्छ । यस्तोमा तपाईंले सामाजिक सञ्जालमा कुनै फोटो पोस्ट गर्नु भयो भने तपाईंको लोकेसन खुल्न सक्छ । यस विषयमा समेत ध्यान राख्नुहोस् ।

यसैगरी तपाईंले आफ्ना परिवार र आफन्तजनसँगको फोटो समेत सामाजिक सञ्जालमा शेयर गरिरहनु भएको हुन्छ । यस्तोमा गलत प्रवृत्ति भएका मानिसहरुले तपाईंको त्यस किसिमको जानकारीबाट अफ्ट्यारोमा पार्न समेत सक्छन् । त्यसैले सामाजिक सञ्जालमा फोटो पोस्ट गर्दा ककसले देख्न सक्ने भन्ने कुरा समेत ख्याल गर्नुहोस् ।

अनेक प्रकारका सामाजिक सञ्जाल एपले तपाईंका हरेक फोटोबाट ईएसआईएफ मेटाडेटा संकलन गरिरहेका हुन्छन् । यसको अर्थ तपाईंले अपलोड गर्ने हरेक फोटोबाट तपाईंको लोकेसन र समय थाहा हुन्छ । जसलाई एपले गलत रुपमा प्रयोग गर्न समेत सक्छ ।

तपाईं आफ्नो फोटो अपलोड गर्दा त्यससँगै कयौं महत्वपूर्ण डेटा समेत शेयर गरिरहनु भएको हुन्छ । तपाईंको फोनदेखि लोकेसनसम्म शेयर भइरहेको हुन्छ । त्यसैले फोटो शेयर गर्नु अघि आफ्नो सामाजिक सञ्जालको अकाउन्ट प्राइभेसी सेटिङलाई अवश्य बलियो राख्नुहोस् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१