close

बजारमा चिप अभाव, स्मार्टफोनको मूल्य बढ्न सक्ने

टेकपाना टेकपाना

चैत २, २०७७ ११:५५

बजारमा चिप अभाव, स्मार्टफोनको मूल्य बढ्न सक्ने

काठमाडौं । चिप अभावका कारण स्मार्टफोन बजारमा असर पर्ने क्वालकम इंकले जनाएको छ । कोभिड–१९ का कारण विश्व बजारमा देखिएको असरले कम्पनीको चिप उत्पादनमा समेत प्रभाव परेको कम्पनीले जनाएको छ ।

क्वालकमले स्मार्टफोन र ग्याजेटहरूमा प्रयोग गरिएको प्रोसेसर चिप्सको माग धान्न कम्पनीले निरन्तर संघर्ष गरिरहेको जनाएको छ । जसको सबैभन्दा ठूलो प्रभाव स्मार्टफोन बजारमा पर्नेछ ।

साथै इलेक्ट्रोनिक्स अटो बजारमा समेत यसको असर पर्ने उल्लेख गरिएको छ । रोयटर्सका अनुसार सामसङ इलेक्ट्रोनिक्स कम्पनी लिमिटेडले क्वालकम चिप्सको अभाव खेपिरहेको छ ।

क्वालकम आफैंले पनि पछिल्लो समय चिप्सको माग बढेको बताएको छ । अमेरिकी बजारमा ह्वावेलाई प्रतिबन्ध लाग्दा अन्य कम्पनीले एन्ड्रोइड फोनको बजार बिस्तार गरिरहेका कारण यस किसिमको अवस्था सिर्जना भएको हो ।

जसले गर्दा क्वालकमलाई उक्त माग धान्न धौधौ परेको छ । कम्पनीले कारण यकिन नगरे पनि चिप्समा प्रयोग हुने केही सबकम्पोनेन्टहरूको अभावका कारण यस्तो भएको हुनसक्ने उल्लेख छ ।

चिप अभावका कारण स्मार्टफोनको उत्पादन प्रभावित हुने भएपछि बजार मूल्यमा समेत त्यसको प्रभाव देखिने आँकलन गरिएको हो ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१