close

मंगल ग्रहमा पहिलोपटक अक्सिजन उत्पादन

टेकपाना टेकपाना

बैशाख ९, २०७८ २१:४२

मंगल ग्रहमा पहिलोपटक अक्सिजन उत्पादन

काठमाडौं । मंगल ग्रहमा नासाले अर्को सफलता हात पारेको छ । नासाले पठाएको पर्सिभेरेन्स राेभर नामको यानले पहिलोपटक मंगल ग्रहको सतहबाट अक्सिजन उत्सर्जन गरेको छ । यसअघि नासाले मंगल ग्रहको सतहमा पहिलोपटक सानो हेलिकप्टर उडाएको थियो ।

यानले मोक्जी उपकरण प्रयोग गरी कार्बनडाइ अक्साइडले भरिएको मार्टियान एटमस्पियरको पातलाे सतहबाट पहिलोपटक अक्सिजन उत्सर्जन गरेको हो ।

यससँगै अब अन्तरिक्षयात्रीहरुले त्यहाँ स्वास फेर्नुका साथै मंगल सतहबाट पृथ्वीमा फर्कन रेकनलाई प्रोपेल गर्नसक्ने सम्भावना देखिएको छ ।

उक्त यानले गत मंगलबार मोक्जीबाट अक्सिजन उत्सर्जन गरेको हो । अक्सिजन उत्पादन गर्न सफल मोक्सीको आकार टोस्टर (पाउरोटी बनाउने/तताउने सानो मेशिन) जति छ ।

नासाको स्पेस टेक्नोलोजी मिसन डाइरेक्टोरेटले आफ्नो विज्ञप्तिमा मंगल ग्रहमा कार्बनडाइ अक्साइडलाई अक्सिजनमा बदल्ने पहिलो कदम निकै संवेदनशील भएको कुरा लेखेका छन् ।

टोस्टर आकारको मोक्जीले कार्बोनडाइ अक्साइडबाट फोहोर वस्तुको रुपमा कार्बन मोनोक्साइडलाई निकालेर अक्सिजन उत्पादन गर्दछ । यो परिवर्तनको प्रक्रिया १४७० डिग्री फरेन्हाइट अर्थात् ८ सय डिग्री तापक्रममा हुने गर्दछ  । यसैले मोक्जी एउटा ताप प्रतिरोधी सामग्री हो 

मोक्जीको टिमले हिजो दुई घण्टासम्म उपकरणलाई तताएको थियो । तब त्यो एक घण्टासम्मको लागि अक्सिजन बनेको थियाे । मोक्जीले ५.४ ग्राम अक्सिजन त्यो अवधिमा उत्पादन गरेको थियो । जुन एकजना अन्तरिक्षयात्रीलाई दश मिनेटसम्म स्वास फेर्न पर्याप्त हुन्छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१