close

नेट टिभी सेटटप बक्स र एपमा आज सलमान खानको ‘राधे’ चलचित्र रिलिज हुँदै

टेकपाना टेकपाना

बैशाख ३०, २०७८ ११:२५

नेट टिभी सेटटप बक्स र एपमा आज सलमान खानको ‘राधे’ चलचित्र  रिलिज हुँदै

काठमाडाैं । नेपालमा आईपी टीभी सेवामा पायोनियर मानिएको नेट टिभीले सेटटप बक्समार्फत आईपी टिभी र मोबाइलमा नेट टिभी एपबाट नेपाली जनताको मागबमोजिम सधैं लाइभ टिभी, मुभी, भिडिओका माध्यमले मनोरञ्जन प्रदान गर्दै आइरहेको छ ।

यहीक्रममा पहिलोपल्ट नेट टिभीले नेपालभरका आफ्ना ग्राहकका लागि बलिउड सुपरस्टार सलमान खानको पछिल्लो फिल्म ‘राधे’ को बिहीबार फस्ट डे, फस्ट शो गर्दै छ ।

ए–एट डिस्ट्रिब्युसनको सहकार्यमा नेट टिभीले यो फिल्म नेट टीभी सेटअप बक्स र नेट टिभी एप दुवैमा देखाउनेछ । यो वर्षको बहुप्रतिक्षित फिल्ममा पर्ने ‘राधे’ बिहीबार नै विश्वभरका सिनेमा हल र डिजिटल प्लेटफर्महरूमा रिलिज हुँदै छ ।

नेट टिभी सब्सक्रिप्सन भएका वर्ल्डलिंकका ग्राहकले उक्त फिल्म रिलिजकै दिन सेटअप बक्समार्फत टीभीमा हेर्न सक्नेछन् । वर्ल्डलिंकका ग्राहक नभएकाले लागि नेट टिभी एप डाउनलोड गरेर चलचित्रकाे आनन्द उठाउन सक्नेछन् ।

‘सम्पूर्ण सिनेमा हल र मल्टिप्लेक्सहरू बन्द रहेको अहिलेको विषम् परिस्थितिमा मनोरञ्जनका विकल्पहरू सीमित हुँदै गइरहेका छन् । सबैतिर अनिश्चय र बेचैनीको माहौल छ,’ नेट टिभीका सीईओ निरन राजभण्डारी भन्छन्, “हौसला घट्न नदिई, आफ्नो र अरूहरूको पनि मनोबल बढाउँदै रियल लाइफ हिरोका रूपमा व्यवहार गर्नुपर्ने समय हो यो ।’

उनले अगाडि भने, ‘राधे जस्तो फिल्मले मनोरञ्जन मात्र दिँदैन कि, कोरोना भाइरसरूपी भिलियनलाई परास्त गर्न हामीलाई प्रेरित पनि गर्छ । ए–एट डिस्ट्रिब्युसनको सहकार्यमा बलिउडको यो वर्षकै भव्य रिलिज ‘राधे’ को नेट टीभी प्लेटफर्ममा नेपालभर फस्ट डे फस्ट शो गर्न पाउँदा हामीलाई खुसी लागेको छ ।’

कोरोना महामारीको यो समयमा नेट टीभी सेटटप बक्स र एपका माध्यमले सुरक्षित रूपमा सम्पूर्ण नेपालीले घरघरमै सक्दो मनोरञ्जन प्राप्त गर्न सक्नुहोस् भन्ने आफ्नो प्रयास रहँदै आएको उल्लेख गर्दै राजभण्डारीले भने, ‘हाम्रा आदरणीय ग्राहकहरूले सेटटप बक्स र एपका माध्यमले पे–पर–भ्यु क्याटेगोरीमा मे बिहीबारदेखि यो फिल्म हेर्न सक्नुहुनेछ ।’

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४