close

शेयर बजारमा लगानी गर्न इच्छुकका लागि ज्योति विकास बैंकको ‘स्मार्ट सेभिङ्स’ खाता

टेकपाना टेकपाना

साउन १८, २०७८ ८:७

शेयर बजारमा लगानी गर्न इच्छुकका लागि ज्योति विकास बैंकको ‘स्मार्ट सेभिङ्स’ खाता

काठमाडौं । ज्योति विकास बैंकले शेयर बजारमा लगानी गर्न इच्छुक नयाँ लगानीकर्तालाई लक्षित गर्दै शुन्य मौज्दातमा बचत, हितग्राहीखाता (डिम्याटखाता) र मेरो सेयर सुविधा भएको ज्योति स्मार्ट सेभिङ्ग्स बचत योजना सार्वजनिक गरेकोछ ।

बचत सँगसँगै डिम्याट खाता र मेरो शेयर सुविधा लिई लगानी गर्न सहज तथा सरल गराउने उद्देश्यले ग्राहकका लागि ज्योति स्मार्ट सेभिङ्ग्स खाता सञ्चालनमा ल्याइएको हो । यस बचत खातामा ग्राहकले शुन्य मौज्दातमै निम्न सुविधा पाउन सक्नेछन् ।

• नि:शुल्क डिम्याट खाता र पहिलो वर्षको सेवा शुल्क
• नि:शुल्क मेरो शेयर रजिस्ट्रेशन शुल्क
• नि:शुल्क सि-आस्वा
• नि:शुल्क मोबाइल बैंकिङ सेवा
• नि:शुल्क इन्टरनेट बैंकिङ सेवा
• नि:शुल्क डेबिट कार्ड

यसका साथै बचत खातामा महिला निक्षेपकर्ताका लागि ज्योति लकर सुविधाको वार्षिक सेवा शुल्कमा ५० प्रतिशत छुट र धितो रकममा ३० प्रतिशत छुटको सुविधा पनि रहेका छन्।

ज्योति स्मार्ट सेभिङ्ग्स खाता बैंकको सम्पूर्ण १०५ शाखाहरु र अनलाइनमार्फत पनि खोल्न सकिनेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१