close

लघुवित्त वित्तीय संस्था पनि नेसनल पेमेन्ट स्वीचमा आबद्ध

टेकपाना टेकपाना

माघ १७, २०७९ ८:२८

लघुवित्त वित्तीय संस्था पनि नेसनल पेमेन्ट स्वीचमा आबद्ध

काठमाडौं । काभ्रेपलान्चोक स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेड नेसनल पेमेन्ट स्विचमा आबद्ध भएको छ । 

संस्थाले आफ्नो भुक्तानी सम्बन्धी कारोबारहरूलाई नेपाल क्लियरिङ हाउसको भुक्तानी प्रणाली प्रयोग गरी डिजिटल माध्यमबाट भुक्तानी गर्न सक्ने व्यवस्था लागू गर्न एनसीएचलसँग सम्झौता गरेको छ । 

सम्झौता पत्रमा स्वरोजगार लघुवित्तका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत मनोज कृष्ण उप्रेती र एनसीएचएलका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानले हस्ताक्षर गरेका हुन् ।   
 
उक्त सम्झौता पश्चात स्वरोजगार लघुवित्तको आन्तरिक भुक्तानी प्रणालीलाई एनसीएचएलको नेशनल पेमेन्ट इन्टरफेस (एनपीआई) सँग जोडी नेसनल पेमेन्ट स्वीच (एनपीएस) अन्तर्गतको विभिन्न भुक्तानी सेवाहरू प्रयोग गर्न सक्नेछ । 

यस अन्तर्गत स्वरोजगार लघुवित्तले आफ्ना बचत निक्षेप, कर्जाको किस्ता संकलन लगायतका विभिन्न संकलनका कारोबारहरु तथा तलब, भेण्डर भुक्तानी, कर्जा निकासा, सरकारी राजस्व, सामाजिक सुरक्षा कोष, नागरिक लगानी कोषका भुक्तानी लगायतका विभिन्न प्रकारका भुक्तानी सम्बन्धी कारोबारहरू डिजिटल माध्यमबाट नै गर्न सक्नेछ । 

पछिल्लो अध्यावधिक: माघ १७, २०७९ ८:३१