close

नेपाल एयरलाइन्सको ई-टिकट, ईसेवापछि अन्य वालेटमा पनि सुविधा थपिँदै

टेकपाना टेकपाना

माघ २०, २०७९ १५:४५

नेपाल एयरलाइन्सको ई-टिकट, ईसेवापछि अन्य वालेटमा पनि सुविधा थपिँदै

काठमाडौं । राष्ट्रिय ध्वाजाबाहक नेपाल वायु सेवा निगमले डिजिटल वालेटबाट आन्तरिक र अन्तर्राष्ट्रिय उडान टिकट खरिद गर्न सक्ने सविधा ल्याएको छ । हालै निगमले ईसेवा वालेटबाट यो सेवा सुरुवात गरेको छ ।

यसअघि नै निगमको वेबसाइट र मोबाइल एपमार्फत उडान टिकट लिने सुविधा दिइएको थियो । एक विज्ञप्ति गर्दै कम्पनीले अन्य स्थानीय वालेटबाट पनि उडान टिकट खरिद गर्न मिल्ने व्यवस्था ल्याउन लागेको जानकारी दिएको छ ।

निगमले हाल अन्तर्राष्ट्रिय उडानतर्फ दिल्ली, मुम्बई, बैंगलौर, दुबई, दोहा, हङ्गकङ्ग, क्वालालाम्पुर, बैंकक, नारिता, रियाद लगायतका गन्तव्यमा आफ्नो  सेवा प्रदान गर्दै आइरहेको छ ।

अनलाइन टिकट सेवामार्फत संसारभरका यात्रुलाई निगमको टिकट खरिदमा सहजता हुने कम्पनीले विश्वास व्यक्त गरेको छ ।

पछिल्लो अध्यावधिक: माघ २०, २०७९ १५:४५