close

खल्ती र गुडविल फाइनान्स बीच भुक्तानी सम्झौता, ६० हजार ग्राहक लाभान्वित

टेकपाना टेकपाना

फागुन १५, २०७९ १८:५६

खल्ती र गुडविल फाइनान्स बीच भुक्तानी सम्झौता, ६० हजार ग्राहक लाभान्वित

काठमाडौं । डिजिटल वालेट खल्ती र गुडविल फाइनान्सबीच सम्झौता भएको छ । यो सुविधाले फाइनान्सका ६० हजार भन्दा बढी प्रयोगकर्ता लाभान्वित हुने बताइएको छ । 

सम्झौतासँगै अब खल्ती प्रयोगकर्ताले  गुडविल फाईनान्सको मोबाइल बैंकिङबाट खल्तीमा पैसा लोड, खल्तीमा बैंक खाता लिंक तथा खल्तीबाट गुडविल फाईनान्सको खातामा पैसा पठाउने (ट्रान्सफर) सुविधाहरू प्रयोग गर्न सक्नेछन् । 

गुडविल फाईनान्सका प्रयोगकर्ताले यस सुविधाको उपभोग गर्दै सजिलै खल्तीमा पैसा राख्न र खल्तीबाट कारोबार गर्न सक्नेछन् । साथै गुडविल फाईनान्स खाता खल्तीसंग लिंक गरि खल्ती लोड गर्ने झन्झट बिना सिधै आफ्नो खाताबाट भुक्तानी गर्न सक्नेछन्। 
 

पछिल्लो अध्यावधिक: फागुन १५, २०७९ १८:५६