काठमाडौं । खल्ती प्रयोगकर्ताले गुडविल फाइनान्सको मोबाइल बैंकिङबाट खल्तीमा पैसा लोड, खल्तीमा बैंक खाता लिंक तथा खल्तीबाट गुडविल फाइनान्सको खातामा पैसा ट्रान्सफर गर्न सक्ने भएका छन् ।
हालै यी दुई कम्पनीबीच सम्झौता भएसँगै प्रयोगकर्ताका लागि यो सुविधा ल्याइएको हो । साथै गुडविल फाइनान्सको खाता खल्तीसँग लिंक गरी सिधै आफ्नो खाताबाट डिजिटल भुक्तानी गर्न सकिने सुविधा पनि ल्याइएकाे छ ।
यसअन्तर्गत खल्तीमा बैंक लिंक गरेपछि खल्तीबाट हुने हरेक कारोबारमा सिधै बैंक खाताबाट पैसा काटिनेछ । यस सम्झौतापछि खल्ती प्रयोगकर्ताले गुडविल फाइनान्सको खातामा पैसा पठाउन पनि सहज हुने बताइएकाे छ ।