काठमाडौं । डिजिटल वालेट खल्ती र गुडविल फाइनान्सबीच सम्झौता भएको छ । यो सुविधाले फाइनान्सका ६० हजार भन्दा बढी प्रयोगकर्ता लाभान्वित हुने बताइएको छ ।
सम्झौतासँगै अब खल्ती प्रयोगकर्ताले गुडविल फाईनान्सको मोबाइल बैंकिङबाट खल्तीमा पैसा लोड, खल्तीमा बैंक खाता लिंक तथा खल्तीबाट गुडविल फाईनान्सको खातामा पैसा पठाउने (ट्रान्सफर) सुविधाहरू प्रयोग गर्न सक्नेछन् ।
गुडविल फाईनान्सका प्रयोगकर्ताले यस सुविधाको उपभोग गर्दै सजिलै खल्तीमा पैसा राख्न र खल्तीबाट कारोबार गर्न सक्नेछन् । साथै गुडविल फाईनान्स खाता खल्तीसंग लिंक गरि खल्ती लोड गर्ने झन्झट बिना सिधै आफ्नो खाताबाट भुक्तानी गर्न सक्नेछन्।