close

एन्ड्रोइडमा नयाँ फिचर: प्रयोग नभएका एपको डेटा स्वत: हट्ने

टेकपाना टेकपाना

चैत २९, २०७९ १०:३७

एन्ड्रोइडमा नयाँ फिचर: प्रयोग नभएका एपको डेटा स्वत: हट्ने

काठमाडौं । डिभाइसको स्टोरेज बचत गर्न गुगलले नयाँ फिचर 'अटो-आरकाइभिङ' सार्वजनिक गरेको छ । यो फिचरले मोबाइलमा प्रयोग नभएका एपहरूबाट ६० प्रतिशत भन्दा बढी डेटा डिलिट स्वत: हटाइदिनेछ । यसले मोबाइलमा स्टोरेज बचत गर्न सहयोग गर्नेछ ।

द एन्ड्रोइड डेभलपर ब्लगमा एक पोस्ट प्रकाशित गर्दै कम्पनीले यो फिचरको विषयमा जानकारी दिएको हो । कम्पनीका अनुसार यो फिचरले प्रयोगकर्ताको कुनै व्यक्तिगत डेटा भने हटाउने छैन । साथै एपहरूमा क्लाउड आईकन हुनेछ । जसले डेटा सुरक्षित रहेको संकेत दिन्छ । 

मोबाइलको स्टोरेज कम भएको अवस्थामा अथवा नयाँ एप इन्स्टल गर्ने बेलामा यो फिचरको अनुभव प्रयोगकर्ताले गर्न सक्ने पोस्टमा उल्लेख गरिएको छ । एन्ड्रोइड ११ भन्दा माथिका ओएसमा यो फिचर उपलब्ध हुनेछ ।  

यसको साथै प्रयोगकर्ताले आफै पनि प्रयोगमा नभएका एप चेक गरेर स्टोरेज खाली गर्न सक्नेछन् । यसको लागि मोबाइलको सेटिङमा गएर एपमा क्लिक गरि अनयुज्ड एप्स अप्सनमा क्लिक गर्नुहोस् र प्रयोगमा नभएका एपहरूलाई व्यवस्थापन गर्नुहोस् । 

पछिल्लो अध्यावधिक: चैत २९, २०७९ १०:३७