close

अनुसन्धान, नवप्रवर्तन र आविष्कारका लागि वृहत् जनआन्दोलन गरौंः महावीर पुन

टेकपाना टेकपाना

बैशाख ९, २०८० १८:४०

अनुसन्धान, नवप्रवर्तन र आविष्कारका लागि वृहत् जनआन्दोलन गरौंः महावीर पुन

काठमाडौं । राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनले अनुसन्धान, नवप्रवर्तन र आविष्कारका लागि वृहत् जनआन्दोलन गर्ने घोषणा गरेका छन् ।

सामाजिक सञ्जालमा एक पोस्ट गर्दै अध्यक्ष पुनले राज्यले अनुसन्धान र नवप्रवर्तन गर्न चाहनेहरूलाई अपमानजनक व्यवहार गरेको भन्दै आन्दोलनकाे तयारी गर्न युवाहरूलाई​ अपिल गरेका छन् ।

''काठमाडौँ उपत्यकाबाट वृहत् आन्दोलन सुरु गरौँ । त्यसको नेतृत्व मैले गर्नेछु,'' उनले लेखेका छन् ।

उनी अगाडि लेख्छन्, ''अनुसन्धान र नवप्रवर्तनप्रति गण्डकी प्रदेश सरकारले मलाई र यात्री मोटरसाइकल्स टिमलाई संघीय सरकारले गरेको अपमानजनक व्यवहारले मलाई शिकारीले घाइते पारेको बाघजस्तै बनाएको छ । मर्नु नै परेपछि खुट्टा तानेर नै मर्ने नि ! पहिला आन्दोलन गरौँ र वार्ता पछि गरौंला ।''

युवाहरूको आन्दोलन दरो हुने र छलफलपछि आन्दोलनको मिति तोकिने उनले जनाए ।

''लु अब युवाहरु उठौं र आन्दोलनको तयारी गरौँ । आन्दोलन व्यवस्थापनमा काम गर्न चाहनेहरुको फेसबुक, भाइबर, ह्वाट्सएप, ट्वीटर, इन्स्टाग्राम अकाउन्ट बनाएर अगाडि बढ्नुपर्छ । यो कुनै राजनीतिक आन्दोलन होइन तर राजनीतिक पार्टीहरुले भाग लिन सक्नेछन् । युवाहरुको आन्दोलन दरो हुन्छ । छलफल पछि आन्दोलनको मिति तोकिने छ ।

पछिल्लो अध्यावधिक: बैशाख ९, २०८० १८:५०