close

एनएमबि बैंकको मोबाइल बैंकिङ एपबाट अब आइएमई पेमा पैसा लोड गर्न मिल्ने

टेकपाना टेकपाना

बैशाख १४, २०८० १६:२७

एनएमबि बैंकको मोबाइल बैंकिङ एपबाट अब आइएमई पेमा पैसा लोड गर्न मिल्ने

काठमाडौं । आइएमई डिजिटल सोलुसन लिमिटेडको डिजिटल वालेट आइएमई पेमा अब एनएमबि बैंकको खाता भएका ग्राहकले सिधै आफ्नो मोबाइल बैंकिङ एपबाट पैसा लोड गर्नसक्ने भएका छन् ।

हालै आइएमई पे र बैंकबीच यस विषयमा सम्झाैता भएकाे हाे ।

सम्झाैता अनुसार एनएमबि बैंकका ग्राहकले आफ्नो मोबाइल बैंकिङ एप प्रयोग गरी सिधै एपबाट आइएमई पेमा पैसा लोड गर्न सक्नेछन् ।

ग्राहकलाई एनएमबि बैंकको खाताबाट आफ्नो वालेटमा पैसा पठाउन सहज हुने उद्देश्यका साथ सो सुविधा ल्याएकाे बैंकले जनाएकाे छ ।

पछिल्लो अध्यावधिक: बैशाख १४, २०८० १८:०