close

जुलाईमा सार्वजनिक हुँदै नथिङ फोन टु

टेकपाना टेकपाना

जेठ १२, २०८० ८:४२

जुलाईमा सार्वजनिक हुँदै नथिङ फोन टु

काठमाडौं । नथिङ फोनको दोस्रो संस्करणको स्मार्टफोन यही जुलाईमा सार्वजनिक हुने भएको छ । फोर्ब्ससँगको एक अन्तर्वार्तामा बोल्दै कम्पनीका संस्थापक कार्ल पेइले 'नथिङ फोन टु' को विषयमा दुई नयाँ कुरा सार्वजनिक गरेका हुन् । 

पहिलो, यो फोन जुलाईमा सार्वजनिक हुनेछ भने यो फोन अमेरिकासँगै अन्य देशमा पनि एकैपटक सार्वजनिक हुनेछ । यसका साथै उनले फोनको ब्याट्रीको विषयमा पनि केही जानकारी दिएका छन् । 

उनका अनुसार यो फोनमा ४,७०० एमएएचको ब्याट्री प्रयोग गरिएको छ । जबकी नथिङको पहिलो स्मार्टफोनमा ४,५०० एमएएचको ब्याट्री उपलब्ध थियो । फोनमा स्न्यापड्रागन एट प्लस जेन १ चिपसेट प्रयोग हुनेछ ।  

फोनमा १२० हर्ज रिफ्रेस रेट सहितको ६.५५ इन्चको डिस्प्ले हुने बताइएको छ । साथै फोनमा ५० मेगापिक्सेलमा मुख्य क्यामेरा पनि रहनेछ ।   पहिलो संस्करणको विषयमा बोल्दै कार्लले नथिङको पहिलो स्मार्टफोन ७ लाख ५० हजार ओटा बिक्री भएको पनि जानकारी दिएका थिए ।  

पछिल्लो अध्यावधिक: जेठ १२, २०८० ८:४२