close

उडिरहेको जहाजभित्र फोटो र भिडिओ बनाउने बुद्ध एयरका पाइलट कारबाहीमा

टेकपाना टेकपाना

जेठ २३, २०८० ८:२३

उडिरहेको जहाजभित्र फोटो र भिडिओ बनाउने बुद्ध एयरका पाइलट कारबाहीमा

काठमाडौं । उडिरहेको जहाजभित्र फोटो तथा भिडिओ बनाएपछि बुद्ध एयरका एक पाइलट कारबाहीमा परेका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरणले बुद्ध एयरका उक्त पाइलटलाई सुरक्षा नियम उल्लङ्घन गरेको भन्दै कारबाही गरेको हो ।

उडानको क्रममा टिकटक भिडिओ बनाउने, फोटो खिच्ने क्रम बढ्न थालेपछि प्राधिकरणले केही समय अगाडि नै यस्तो गतिविधिमा प्रतिबन्ध लगाएका थिए । 

उडान भइरहँदा अन्य कुरामा ध्यान जाँदा सुरक्षा जोखिम हुने भन्दै प्राधिकरणले उडानको क्रममा फोटो तथा भिडिओ खिच्न नपाइने नियम लागू गरेको थियो । तर जहाज उडानका क्रममा पाइलटले फोटो र भिडियो खिचेको उजुरी परेपछि प्राधिकरणले उनी विरुद्ध कदम उठाएको हो । 

हाललाई उनलाई 'एक्टिभ ड्युटी' बाट हटाइएको छ । यस विषयमा थप अनुसन्धान भइरहेको प्राधिकरणले जनाएको छ । यद्यपि प्राधिकरणले उक्त पाइलटको परिचय भने खुलाएको छैन । 

पछिल्लो अध्यावधिक: जेठ २३, २०८० ८:२३