close

एक करोडसम्मको घरको बीमा ईसेवाबाटै वार्षिक ५०० देखि ४५०० मा गर्न सकिने

टेकपाना टेकपाना

जेठ २६, २०८० ८:१९

एक करोडसम्मको घरको बीमा ईसेवाबाटै वार्षिक ५०० देखि ४५०० मा गर्न सकिने

काठमाडौं । भुक्तानी सेवा प्रदायक ईसेवाले युएसएड, तयार र शिखर इन्स्योरेन्ससँगको साझेदारीमा बीमा प्रक्रियालाई डिजिटाइज गरी अझ सरलीकरण गर्न घर बीमा सुविधा ल्याएको छ ।

हाललाई यो योजना सुर्खेतको वीरेन्द्रनगर नगरपालिका र दाङको तुलसीपुर उपमहानगरपालिकामा लागु हुने कम्पनीले जनाएको छ । साथै अन्य इच्छुकले पनि नेपालभर नै यो सुविधा लिन सकिने बताइएको छ । 

यो योजना ईसेवाको मोबइल एपभित्र रहेको इन्स्योरेन्स शीर्षकमा सूची बद्ध सेवा मार्फत सजिलै घर बीमा खरिद गर्ने सुविधा प्राप्त गर्न सकिनेछ ।

बीमा नीति अनुसार एक करोडसम्मको बीमा हुने यस योजनामा वार्षिक ५०० रुपैयाँ देखि ४५ रुपैयाँसम्म भुक्तानी गर्नुपर्नेछ । बीमा मूल्य घरको विश्वसनीयता र मूल्य निर्धारणबाट तय  हुने कम्पनीले बताएको छ ।

यस योजनामा सहभागी हुने घरधनीले घरको तस्वीर, अपेक्षित मूल्य र त्यसको सम्पत्ति विवरण ईसेवामा एप मार्फत अपलोड गर्नुपर्नेछ । ईसेवाले यस अघि नै ग्राहक तथा ग्राहकका आफन्त र साथीभाईमा लागु हुनेगरि ईसेवा केयर सञ्चालनमा ल्याइसकेको छ ।

हाल ईसेवाको सेवा एन्ड्रोइड तथा आईओएस मार्फत करिब ७० लाख ५० हजार ग्राहकले सेवा लिइरहेका छन् । यसैगरी देशभर रहेका दुई लाख बढि एजेन्ट मार्फत अप्रत्यक्ष रुपमा डेढ करोड भन्दा जनसंख्याले सेवा लिइरहेका छन् ।

ईसेवाबाट इन्स्योरेन्सको प्रिमियम भुक्तानी मोबाइल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महसुल भुक्तानी, विभिन्न सरकारी कार्यालयहरूको शुल्क भुक्तानी, हवाइजहाज, बसको टिकट, स्कुल कलेजको शुल्क लगायतका सुविधाको भुक्तानी गर्न सकिन्छ । 
 

पछिल्लो अध्यावधिक: जेठ २६, २०८० ८:१९