काठमाडौं । एनसेलका ग्राहकले अब नेपालका कुनै पनि मोबाइल नम्बरमा कल गर्न मिल्ने अनलिमिटेड अल-नेटवर्क र एनसेलकै नम्बरहरुमा कल गर्न मिल्ने अनलिमिटेड टकटाइमका प्याकहरुबाट फाइदा लिनसक्ने भएका छन् ।
एनसेल आजियाटा लिमिटेडले ग्राहकहरूको सञ्चार सेवाको आवश्यकतालाई ध्यानमा राख्दै सुलभ दरमा सेवा लिन सकिने गरी तीन किसिमका अनलिमिटेड भ्वाइस प्याक सञ्चालनमा ल्याएको जनाएको छ ।
प्रिपेड र पोस्टपेड दुवै सेवाका ग्राहकले प्रयोग गर्न सक्ने यी अनलिमिटेड टकटाइम रहेका प्याकहरु बिहीबार (जेठ ३२) बाट सञ्चालनमा आएका हुन् ।
आफ्नो भ्वाइस सेवाको आवश्यकता अनुसार ग्राहकले एक दिने अल-नेट अनलिमिटेड भ्वाइस प्याक, एक दिने अन-नेट अनलिमिटेड भ्वाइस प्याक वा सात दिने समयसीमा रहेको अन-नेट अनलिमिटेड भ्वाइस प्याक लिन सक्छन् ।
एक दिने अल–नेट अनलिमिटेड प्याक अन्तर्गत ग्राहकले कर सहित रु २५ मा बिहान ५ बजे देखि साँझ ५ बजेसम्म नेपालका देशका कुनैपनि मोबाइल नेटवर्कका नम्बरहरुमा अनलिमिटेड भ्वाइस सेवाको फाइदा लिन सक्छन् । ग्राहकहरुले *१७११८*१*५# डायल गरी यो प्याक लिन सक्छन् ।
त्यसैगरी *१७११८*३*४# डायल गरी एनसेलका अन्य नम्बरहरूमा २४ घन्टासम्म अनलिमिटेड कल गर्न सकिने एक दिने अन-नेट अनलिमिटेड टकटाइम करसहित रु. ३० मा एक्टिभेट गर्न सक्छन् ।
एनसेलका अन्य नम्बरहरूमा कुराकानी गर्न धेरै टकटाइम आवश्यक भएका ग्राहकले सात दिन समयावधि रहेको अन-नेट अनलिमिटेड प्याक लिन सक्छन् । यो प्याकको करसहित रु. १५० पर्दछ । ग्राहकले *१७११८*४*३# डायल गरी यो प्याक सुचारु गर्न सक्छन् ।
आफ्ना ग्राहकलाई सुलभ दरमा सेवा प्रदान गर्ने कम्पनीको प्रतिबद्धता अनुसार यी अनलिमिटेड भ्वाइस प्याक ल्याइएको एनसेलले जनाएको छ । अल-नेट होस् वा अन-नेट जुनसुकै नेटवर्कमा सहजै सम्पर्कमा रहिरहन यी प्याकले ठूलो महत्त्व राख्ने एनसेलकाे विश्वास छ ।