close

कुनै पनि गाडीसँग  टाटा मोटर्सको ईभी साट्न सकिने

टेकपाना टेकपाना

असार ८, २०८० ११:६

कुनै पनि गाडीसँग  टाटा मोटर्सको ईभी साट्न सकिने

काठमाडौं । टाटा मोटर्सको नेपालका लागि आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङले ईभी एक्सेन्ज अफर ल्याएको छ । आजबाट सुरु भएको यो अफर १२ असारसम्म चल्नेछ । 

कम्पनीका अनुसार यो अफर काठमाडौँ  लगायत सिप्रदी तथा सिप्रदीका नेपालभरि रहेका आधिकारिक टाटा मोटर्स शोरुममा "एक्सचेन्ज विक-एण्ड" विशेष एक्सचेन्ज क्याम्प सञ्चालन हुँदैछ । 

यो अवसरमा ग्राहकले आफ्नो कुनै पनि गाडीसँग टाटा मोटर्सका सर्वाधिक लोकप्रिय विद्युतीय गाडी साट्न सक्नेछन् । एक्सचेन्ज क्याम्पमा जुनसुकै कम्पनी अथवा ब्रान्डको गाडी टाटा मोटर्सका नयाँ मोडेलका नेक्सन ईभी र टिगोर ईभीसंग साट्न सकिने व्यवस्था गरिएको कम्पनीले जनाएको छ । 

उक्त व्यवस्थालाई अझ सहज बनाउने उद्देश्यले शोरुममा बीमा सुविधा, बैंकिङ सुविधाका साथै गाडी मूल्यांकन गर्न विभिन्न दक्ष मूल्यांकनकर्ताहरू पनि सहभागी हुने बताइएको छ। 

चलिरहेको बजारको मूल्य भन्दा गाडीको विशेष मूल्यांकन, सरल फाइनान्सको सुविधा, बीमाको सुविधा साथै हरेक गाडी हस्तान्तरणमा विभिन्न अफरहरु पनि पाइने कम्पनीले जनाएको  छ । 

पछिल्लो अध्यावधिक: असार ८, २०८० ११:८