close

बिगमार्टमा स्मार्ट क्युआर मार्फत भुक्तानी गर्दा १० प्रतिशत छुट

टेकपाना टेकपाना

असार १८, २०८० ८:३१

बिगमार्टमा स्मार्ट क्युआर मार्फत भुक्तानी गर्दा १० प्रतिशत छुट

काठमाडौं । स्मार्ट क्युआर मार्फत बिगमार्टमा भुक्तानी गर्ने ग्राहकले १० प्रतिशत अधिकतम १५० रुपैयाँ छुट पाउने भएका छन् ।

बिग मार्टको १४ औैं वार्षिक उत्सवको अवसरमा स्मार्ट च्वाइस टेक्नोलोजीले बिगमार्टसँग सहकार्य गरी यस्तो अफर ल्याएको हो ।

यो छुट अफर अन्तर्गत ग्राहकले बिगमार्टबाट कुनै पनि सामान खरिद गरि स्मार्ट क्युआर मार्फत भुक्तानी गर्दा उक्त छुट पाउनेछन् ।

असार १६ गतेदेखि सुरु भएको यो अफर साउन १५ सम्म लागू हुने कम्पनीले जनाएको छ । यो अवधिभर पाँच सय रुपैयाँ छुट पाइनेछ । 

यस अफर अन्तर्गत बिगमार्टको सम्पूर्ण शाखामा स्मार्ट क्यूआर इन्ट्रिगेट भएका एनआईसी एसिया मो बैंक, आइएमई पे, ग्लोबल स्मार्ट प्लस, हिमालयन बैंक, एभरेस्ट बैंक, कामना सेवा विकास बैंक, नमस्ते पे, प्रभु पे, सजिलो पे, मोरु, आइ क्यास, पेवेल, एन क्याश साथै विभिन्न सहकारीका एप मार्फत भुक्तानी गर्न सकिन्छ । 

 

पछिल्लो अध्यावधिक: असार १८, २०८० ८:३१