close

नेपाल टेलिकमको दशैं अफर, २ हजार एसएमएस हजार रुपैयाँमै पठाउन सकिने

टेकपाना टेकपाना

कात्तिक ३, २०८० १४:२३

नेपाल टेलिकमको दशैं अफर,  २ हजार एसएमएस हजार रुपैयाँमै पठाउन सकिने

काठमाडौं । सरकारी स्वामित्वको दूरसञ्चार कम्पनी नेपाल टेलिकमले दशैंको अवसरमा ग्रुप एसएमएसका लागि नयाँ अफर ल्याएको छ । कम्पनीले शुक्रवार विज्ञप्ति जारी गर्दै ग्रुप एसएमएसको नयाँ प्याकेज घोषणा गरेको हो ।

यस अन्तर्गत नेपाल टेलिकमले दशैंको अवसरमा प्रति एसएमएस ५० पैसामा पठाउन सकिने अफर ल्याएको हो । योसँगै एक हजार रुपैयाँमा दुई हजार एसएमएस दुई दिनभित्र पठाउन सकिने कम्पनीले जनाएको छ ।

त्यस्तै दुई हजार ५०० रुपैयाँमा पाँच दिनभित्रमा पाँच हजार एसएमएस पठाउन सकिने छ । यसैगरी पाँच हजार रुपैयाँमा १० दिनभित्र १० हजार एसएमएस पठाउन सकिने छ । नेपाल टेलिकमको नेटवर्कभित्र मात्र प्रयोग गर्न सकिने यो सुविधामा लाग्ने दस्तुरमा कुनै पनि कर समावेश नभएको कम्पनीले उल्लेख गरेको छ ।

यो सेवा प्रयोग गर्नका लागि प्रयोगकर्ताको आफ्नो नाममा रहेको नेपाल टेलिकमको सिमकार्ड प्रयोग गर्नुपर्नेछ । र, पठाउने एसएमएसमा प्रयोग भएका शब्द तथा भाव लगायतका बारेमा पठाउने व्यक्ति स्वयम् पूर्ण जिम्मेवार हुनुपर्ने छ कम्पनीको भनाइ छ ।

यो सेवा प्रयोग गर्नका लागि यहाँ क्लिक गरेर लगइन गरी प्याकेज खरिद गर्न सकिने छ । ग्राहकले आफ्नो मोबाइलबाट ग्रुप एसएमएस पठाउनका लागि आफ्नो कन्ट्याक्टमा भएका नम्बरहरू एक्सेल सिटमार्फत् अपलोड गरी सन्देश पठाउन सकिने व्यवस्था गरिएको कम्पनीले जनाएको छ । एक्सेल सिटमार्फत एक पटकमा १ हजार नम्बरहरूलाई पठाउन सकिने भएकाले एक हजारभन्दा बढीका लागि फेरी यही प्रक्रिया दोहोर्‍याई आफूले चाहे बमोजिमका मोबाइल नम्बरमा सन्देश पठाउन सकिन्छ ।

ग्रुप एसएमएस मार्फत आफ्नै मोबाइल नम्बर देखिने गरी १० हजारसम्म मोबाइल नम्बरमा एसएमएस पठाउन सकिन्छ । यस अन्तर्गत दुई हजार, पाँच हजार र १० हजार मोबाइल नम्बरमा एसएमएस पठाउन सकिन्छ ।

 

पछिल्लो अध्यावधिक: कात्तिक ३, २०८० १४:२३