close

चौथो वर्षमा लाग्यो दूरशिक्षा एजुकेसन, कम्प्युटर कोर्समा ३३ प्रतिशत छुट दिने

टेकपाना टेकपाना

भदौ २४, २०८० १५:५४

चौथो वर्षमा लाग्यो दूरशिक्षा एजुकेसन, कम्प्युटर कोर्समा ३३ प्रतिशत छुट दिने

काठमाडौं । दूरशिक्षा एजुकेसनले विभिन्न किसिमका कम्प्युटर कोर्समा ३३ प्रतिशत छुट दिने भएको छ । आइतवार परेको आफ्नो तेस्रो वार्षिकोत्सवको अवसरमा कम्पनीले सञ्चालन गर्दै आएको विभिन्न कोर्समा सो छुट दिने भएको हो ।  

दूरशिक्षा एजुकेसनले कम्प्युटर कोर्स अन्तर्गत पाइथन, डेटा साइन्स, साइबर सेक्युरिटी, कम्प्युटर एनिमेसन, कम्प्युटिङ एन्ड आईटी, डिजिटल मार्केटिङ, एआई एन्ड मसिन लर्निङ, सफ्टवेयर इन्जिनियरिङ, ग्राफिक्स डिजाइनिङ, सेलेनियम इन्जिनियरिङ, अफिस सोलुसन डेभलपमेन्ट, फुल स्ट्याक डेभलपमेन्ट, पावर बीआई सर्टिफिकेसन लगायतका कोर्स तालिमको रूपमा सञ्चालन गर्दै आएको छ । यी कोर्सका लागि लाग्ने सम्पूर्ण शुल्कमा ३३ प्रतिशत छुट दिन लागिएको दूरशिक्षा एजुकेसनका सञ्चालक तथा सीईओ कृष्ण पाण्डेले जानकारी दिए । 

“हामीले सञ्चालन गर्दै आएका विभिन्न कोर्सको कूल शुल्कमा ३३ प्रतिशत छुट अफर ल्याएका छौं,” पाण्डेले भने, “दैनिक एक घण्टा अनलाइन तथा भौतिक रूपमा तालिम दिंदै आएका छौं । न्यूनतम तीन महिनादेखि १८ महिनासम्मका कोर्स सञ्चालन गर्दै आएका छौं । ती सबै कोर्समा सहभागीले उक्त छुट पाउनु हुनेछ ।”

यसअन्तर्गत सहभागी हुन इच्छुक व्यक्तिले २३ सेप्टेम्बरभित्र कोर्स खरिद गरिसक्नुपर्ने हुन्छ । त्योभन्दा पछि खरिद गर्नेले भने उक्त छुट पाउने छैनन् । “यी कोर्ष जसले पनि पढ्न पाउनु हुन्छ ,” पाण्डेले अगाडि भने, “अनलाइन अथवा हाम्रै इन्स्टिच्युसनमा आएर पनि पढ्न सक्नु हुन्छ ।”

पाण्डेका अनुसार कोर्सका लागि शुल्क तिरिसकेपछि लाइभ कक्षा वा भौतिक रूपमा उपस्थित भएर पढ्नुपर्छ । सहभागीले आफूले अध्ययन गर्न चाहेको क्षेत्रमा जति नयाँ भए पनि उसलाई सुरुवातबाटै कोर्सका सम्पूर्ण विषयवस्तु सिकाइने पाण्डेले सुनाए । 

यी कोर्स सिकिसकेपछि सहभागीले नेपालका चर्चित कम्पनी जस्तै खल्ती, एफवन सफ्ट, क्लासिकटेक, लिपफ्रग आदिमा रोजगारीको अवसर पाउन सक्छन् । उनले अगाडि भने, “नेपालका ठूला कम्पनीहरू हाम्रा साझेदारका रूपमा जोडिएका छन् । त्यसैले इन्टर्नशिप होइन हामी प्लेसमेन्ट नै उपलब्ध गराउँछौं ।”

यी कोर्स छुटमा खरिद गर्न वा थप बुझ्नका लागि यहाँ क्लिक गरी दूरशिक्षाको वेबसाइटमा जान सक्नुहुन्छ । त्यसबाहेक पनि ९८०१०९०६३८ नम्बरमा सम्पर्क गरेर थप बुझ्न सकिनेछ ।  

 

पछिल्लो अध्यावधिक: भदौ २४, २०८० १५:५४