close

ह्याकर बन्ने कोर्ष, नेपालमा कहाँ कहाँ हुन्छ पढाइ ?

टेकपाना टेकपाना

असोज २८, २०८० १५:४०

ह्याकर बन्ने कोर्ष, नेपालमा कहाँ कहाँ हुन्छ पढाइ ?

काठमाडाैं । स्नातक तहमा सूचना प्रविधि सम्बन्धी अध्ययन गर्न विभिन्न विकल्प छन् । हरेक क्षेत्र सूचना प्रविधिसँग जोडिएकाले विद्यार्थीको रोजाइ पनि यी विषयतर्फ बढेकाे छ ।

विभिन्न आईटी कार्यक्रममध्ये साइबर सुरक्षा एउटा विकल्प हो । तर नेपाली विश्वविद्यालयले साइबर सुरक्षाको कुनै पनि विशिष्टिकृत (स्पेसलाइज्ड) कार्यक्रम सञ्चालन गरेका छैनन् । विदेशी विश्वविद्यालयहरूबाट सम्बन्धन लिएर कलेजले साइबर सुरक्षाका कार्यक्रम सञ्चालन गरिरहेका छन् ।

आज साइबर सुरक्षा पढाउने तिनै कलेजबारे जानकारी दिदैछाैँ:

सफ्टवेरिका कलेज

बेलायतकाे काेभेन्ट्री विश्वविद्यालयबाट सम्बन्धनप्राप्त सफ्टवेरिका कलेज आईटी एन्ड ईकमर्सले ‘बीएससी (अनर्स) इथिकल ह्याकिङ एण्ड साइबर सेक्युरिटी’ कार्यक्रम चलाइरहेको छ । याे तीन वर्षे (६ सेमेस्टर) ३६० क्रेडिट आवरकाे काेर्ष हाे ।

यस कार्यक्रममा भर्ना हुन कक्षा १२ मा न्यूनतम २ जीपीए वा 'ए' लेभलमा न्यूनतम ३.५ क्रेडिट ल्याउनु पर्छ भने शुल्क ११ लाख ९५ हजार रुपैयाँ ताेकिएकाे छ ।
 

Semester 

Subject

1st

Programming and Algorithms 1

Legal and  Ethical Foundations in Cybersecurity

Foundations of cybersecurity

Skills Development 1

2nd

Digital and Forensics Fundamentals

Introduction to Web Development and Database Systems

Computer Systems and networks

The Security Professional

Creative Thinking Business

3rd

Platforms and Operating Systems

Skills Development 2

Practical Pen-Testing

Programming and Algorithms 2

4th

Cybersecurity Careers

Applied Forensics

Web Security

Networking

Be your Own Boss

5th

Exploit Development

Security Audit and monitoring

Security Management

Skills Development 3

Practical Cryptography

6th

Cybersecurity Project

Reverse Engineering

Design Thinking and Innovation

 

द ब्रिटिश कलेज

युनिभर्सिटी अफ द वेस्ट इङ्ल्याण्डबाट सम्बन्धन लिएर ब्रिटिश कलेजले चार वर्षे (८ सेमेस्टर) ‘बीएससी (अनर्स) साइबर सेक्युरिटी एन्ड डिजिटल फरेन्सिक’ काेर्ष सञ्चालन गरिरहेकाे छ ।

याे ४८० क्रेडिट आवरकाे काेर्ष हाे । यसमा भर्ना हुन कक्षा १२ मा न्यूनतम ६० प्रतिशत वा २.४ जीपीए ल्याउनु पर्छ । ए लेभलका विद्यार्थीले भने न्यूनतम ३.५ क्रेडिटका साथ तीन ओटा पूर्ण क्रेडिट ल्याउनु पर्छ । कलेजले यो कोर्षको शुल्क १९ लाख रुपैयाँ राखेको छ ।

Semester

Subject

1st

Academic English and effective communication

Introduction to Programming

Mathematics to programming

Computer fundamental and network

2nd

Academic English and effective communication

Internet technologies 

Fundamentals of Multimedia

Fundamentals of data science

3rd

Computer and network systems

Computer crime and digital evidence

4th

Introduction to database

Programming in C++

5th

Law, experts, and Justice

Operating systems

Internet of Things (optional)

Secure embedded systems (optional)

6th

Secure Computer Networks

Security and Forensic Tools

7th

Forensic Computing Practice

Security Management in Practice 

Security data Analytics and Visualisations

Professional Development 

8th

cryptography

Entrepreneurial skills

Digital system project (optional)

Information system dissertation (optional)

 

इस्लिङटन कलेज

लन्डन मेट्रोपोलिटन विश्वविद्यालयबाट सम्बन्धनप्राप्त यस कलेजले ‘बीएससी (अनर्स) कम्प्युटर नेटवर्किङ एण्ड आईटी सेक्युरिटी’ कार्यक्रम सञ्चालन गरिरहेकाे छ । याे ३६० क्रेडिट आवरकाे तीन वर्षे काेर्ष हाे ।

यसमा भर्ना हुन कक्षा १२ मा न्यूनतम २.२ सीजीपीए वा ५५ प्रतिशत प्राप्ताङ्क ल्याउनु पर्छ । त्यस्तै अङ्ग्रेजी विषयमा न्यूनतम ६० प्रतिशत वा २.४ जीपीए ल्याउनु पर्छ । शुल्क भने १३ लाख ३८ हजार रुपैयाँ ताेकिएको छ ।
 

Year

Subject

1st

Programming

Introduction to Information Systems

Introduction to Networks

Fundamentals of Computing

Cyber Security Fundamentals

2nd

Switching Routing and Wireless Essentials

Security in Computing

Operating systems

Cloud computing and internet of Things

Risk, Crisis, and Security Management

Professional Issues, Ethics, and Computer Law

3rd

Enterprise Networking security and  automation

Work-related learning II

Digital investigation and E-Discovery

Ethical hacking



टेक्सास कलेज 

मलेसियाकाे लिङ्कन विश्वविद्यालयबाट सम्बन्धनप्राप्त टेक्सास कलेज अफ म्यानेजमेन्ट एण्ड आईटीले ‘नेटवर्क टेक्नाेलाेजी एण्ड साइबर सेक्युरिटी (बीसीए)’ कार्यक्रम सञ्चालन गरिरहेकाे छ ।

याे १३० क्रेडिट आवरकाे चार वर्षे काेर्ष हाे, जसमा भर्ना हुन कक्षा १२ मा न्यूनतम ५० प्रतिशत प्राप्ताङ्क ल्याउनु पर्छ । शुल्क नाै लाख १९ हजार रुपैयाँ लाग्छ ।
 

Semester

Subject

1st

Computer Network

C Programming

Discrete Math

Basic Computer Architecture

2nd

Security in Computing

Advanced Computer Network

Python

Operating  System 

Advanced Computer Architecture

3rd

Software Engineering (including SAD portion)

Digital logic

E-Commerce

Windows Server 2016

Cybersecurity law and  policy

4th

Technopreneurship

Web Designing

Wireless Communication

Ethical hacking

Database management system

5th

Linux Administration 

Leadership and human relations

Artificial Intelligence

Digital Forensics

cryptography

6th

Industrial Management

Software Project Management

Data Structure & Algorithm

Information Security Management System

Advanced Routing Technology

7th

Advanced switching technology

System software & Administration

Final Year Project

Cloud Computing

8th

Industrial Training


केएफए बिजनेस स्कुल

काठमाडाैं मध्यबानेश्वरमा रहेकाे यस कलेजले मलेसियास्थित लिङ्कन विश्वविद्यालयबाट सम्बन्धन लिएर ‘बीसीएस (अनर्स) नेटवर्क टेक्नाेलाेजी एण्ड साइबर सेक्युरिटी’ सञ्चालन गरिरहेकाे छ ।

याे १३० क्रेडिट आवरकाे तीन वर्षे काेर्ष हाे । यसमा भर्ना हुन कक्षा १२ मा न्यूनतम २.० सीजीपीए ‍वा ५० प्रतिशत प्राप्ताङ्क ल्याउनु पर्छ ।

Semester

Subject

1st

Programming and Algorithms 1

Legal and  Ethical Foundations in Cybersecurity

Foundations of cybersecurity

Skills Development 1

2nd

Digital and Forensics Fundamentals

Introduction to Web Development and Database Systems

Computer Systems and networks

The Security Professional

Creative Thinking Business

3rd

Platforms and Operating Systems

Skills Development 2

Practical Pen-Testing

Programming and Algorithms 2

4th

Cybersecurity Careers

Applied Forensics

Web Security

Networking

Be your Own Boss

5th

Exploit Development

Security Audit and monitoring

Security Management

Skills Development 3

Practical Cryptography

6th

Cybersecurity Project

Reverse Engineering

Design Thinking and Innovation



किङ्स कलेज

अमेरिकाकाे वेस्टक्लिफ विश्वविद्यालयबाट सम्बन्धनप्राप्त यस कलेजले ‘बीएस आईटी नेटवर्क, साइबर सेक्युरिटी एण्ड इथिकल ह्याकिङ्ग’ काेर्ष सञ्चालन गरिरहेको छ । यो तीन वर्षे (६ सेमेस्ट) १२० क्रेडिट आवरको कोर्ष हो ।

काेर्षमा भर्ना हुन कक्षा १२ मा न्यूनतम ५० प्रतिशत ल्याउनु पर्छ । कलेजले काेर्षको शुल्क १४ लाख ९५ हजार रुपैयाँ तोकेको छ । 
 

Semester

Subject

1st

Business English

Computer Network

Web Designing

Discrete Math

Security computing

Basic computer  architecture

2nd

Advance computer  architecture

Advance  computer network

System analysis & design

Digital logic

Windows Server 2016

Cybersecurity law and policy

3rd

Operating system

E-commerce

Data structure & algorithms

Ethical hacking

Database management system

4th

Advanced data management system

Data communication & networking

Linux administration (WAN & MAN)

Leadership & human relations

Embedded system

Software project management

5th

cryptography

Information security management system

Artificial inteligence

Advanced routing technology (WAN)

Project Work

System software & administration

6th

Digital crime investigation

Industrial management

Cloud com[uting

Industrial training


फोर्ब्स कलेज

नेपालमा काठमाडौं उपत्यकाबाहिर कमै मात्रामा विदेशी काेर्ष सञ्चालनमा छन् । चितवनको भरतपुरमा अवस्थित यस कलेजले भने युनिभर्सिटी अफ कम्प्युटर साइन्स एन्ड स्किल्स लोद्ज, पोल्याण्डबाट सम्बन्धन लिएर ‘बीसीएस (आईटी) इन साइबर सेक्युरिटी एण्ड नेटवर्किङ’ चलाइरहेको छ ।

याे चार वर्षे २४० क्रेडिट आवरकाे काेर्ष हाे । यसमा भर्ना हुन कक्षा १२ को प्रत्येक विषयमा न्यूनतम ‘डी’ ग्रेड ल्याउनु पर्छ । कलेजले यो काेर्षकाे शुल्क ६ लाख ९५ हजार रुपैयाँ ताेकेको छ ।

Semester

Subject

1st

Introduction to IT

Programming fundamentals using C

Data Communication & Networking

Computational Mathematics I 

Communication English

2nd

Computational Mathematics II

Technical & Professional Communication

Object Oriented Programming 

Database Management System

Digital Electronics & Logic Design

3rd

Numerical Method

Data Structure & Algorithm

Network Analysis & Design

Routing and Switching Essentials

Organization & Management

4th

Probalility & Statistics

Network Operating System

Network & System Administration

Client Server Computing

Wireless and Mobile Communication

5th

Network Security

Network Programming

Research Methodology

Fundamentals of Project Management

Network Management

6th

Server Administration

Broadband Network

Ethical Hacking

Project 1

Elective 1

7th

Cyber Security & IoT

Artificial Intelligence

IT Acts and Cyber Law

Project Dissertation II

Elective II

8th

Organizational Behavior and HRM

Industrial Training

Elective III

Elective IV



आईएसएमटी

काठमाडौंस्थित इन्टरनेसनल स्कुल अफ म्यानेजमेन्ट एन्ड टेक्नोलोजी (आईएसएमटी) कलेजले बेलायतकाे सन्डरल्यान्ड विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरी ‘बीएससी (अनर्स) साइबर सेक्युरिटी एन्ड डिजिटल फरेन्सिक’ कोर्ष चलाइरहेको छ ।

यो तीन वर्षे (छ सेमेस्टर) ३६० क्रेडिट आवरको कोर्ष हो । कलेजले यसै शैक्षिक सत्रदेखि यो कोर्ष चलाउँदै छ ।

यो कोर्षमा ११/१२ मा जुनै विषय पढे पनि विद्यार्थी भर्ना हुन सक्छ्न् । काेर्ष पढ्न भने १० लाख ९८ हजार रूपैयाँ शुल्क लाग्छ । 

Semester

Subject

1st

Software Engineering

Computer Systems, Architectures and Networks

Introduction of Programming

2nd

Full Stack Development

Emerging Technologies

Specialist Project

3rd

Secure Networks

Digital Forensics Computing Practice

Virtualization and Cloud Infrastructures

4th

Advanced Programming

Cyber Security

Enterprise Project

5th

Project: Cybersecurity and Digital Forensics

Cyber Threat Landscape

Web Application Security

6th

Project: Cybersecurity and Digital Forensics

Digital Forensics Investigation

Penetration Testing and Ethical Hacking




वेस्टमिन्स्टर कलेज 

बेलायतको युनिभर्सिटी अफ वेस्टमिन्स्टरबाट सम्बन्धनप्राप्त यस कलेजले यही शैक्षिक सत्रदेखि ‘बीएससी (अनर्स) साइबर सेक्युरिटी एन्ड फरेन्सिक’ पढाउँदै छ ।

यो चार वर्षे कोर्ष पढ्न भने कक्षा १२ को अन्तिम परीक्षामा ५५ प्रतिशत वा २.४ जीपीए ल्याउनुपर्छ । ‘ए’ लेभलका विद्यार्थीहरूले भने ३.५ क्रेडिट ल्याउनु पर्छ । 
 

Semester

Subject

1st

Computer Systems and Networks

Introduction to Academic Practice

Foundation Mathematics

2ed

Information Systems and Data Representation

Critical Thinking for Academic and Professional

Programming

3rd

Applied Mathematics

Introduction to Cyber Security

Introduction to Networks

4th

Programming Methodology I

Programming Methodology II

Trends in Computer Science

5th

Applied Cryptography

Digital Forensics

Network Security

6th

Risk Management & IT Governances

Web Applications Security

Agile Project Management and Professional Experience

Machine Learning and data mining 

Operating Systems 

7th

Incident response & malware analysis

Final Year Project CS

8th

Wireless Networks Security

Cyber Security Threats & Counter Measures

Applied Artificial Intelligence

Defensive Programming techniques 


यी माथिका सबै औपचारिक शिक्षा हुन् । तर यी बाहेक ब्रोडवे इन्फाेसिस, स्किल ट्रेनिङ नेपाल जस्ता तालिम प्रदायक संस्थाहरूले साइबर सुरक्षासम्बन्धी अनौपचारिक शिक्षा सञ्चालन गर्ने गर्छन् ।

आईटीमा रुचि भएका, तर औपचारिक शिक्षा नलिएका वा मा रुचि नभएका व्यक्तिहरूका लागि साइबर सुरक्षाको अध्ययन गर्न ती राम्रो विकल्प हुन सक्छ ।

पछिल्लो अध्यावधिक: असोज २८, २०८० १६:३०