close

मोबाइलमा पनि माइक्रोसफ्टको कोपाइलट एप, च्याटजीपीटी ४ नि:शुल्क चलाउन पाइने

टेकपाना टेकपाना

पुस १४, २०८० १३:४१

मोबाइलमा पनि माइक्रोसफ्टको कोपाइलट एप, च्याटजीपीटी ४ नि:शुल्क चलाउन पाइने

 

काठमाडौं । एआई एकीकृत गरिएको कोपाइलट मोबाइल एपका रुपमा पनि उपलब्ध भएको छ । माइक्रोसफ्टले बिङ च्याटलाई कोपाइलटमा पुन: ब्रान्डिङ गरेको केही समयपछि एन्ड्रोइडआईओएसका लागि कोपाइलट एप आएको हो ।

यससँगै माइक्रोसफ्टले दिइरहेको एआई सुविधा चलाउन बिङ मोबाइल एप डाउनलोड गर्नुपर्ने बाध्यता हटेको छ । कोपाइलट एपले च्याटजीपीटीको मोबाइल एपले जस्तै काम गर्ने गर्छ ।

यस एपबाट एआई च्याटबट प्रयोग गर्ने, इमेज जेनेरेसन गर्ने र ईमेल तथा अन्य डकुमेन्टको ड्राफ्ट बनाउने लगायतका काम गर्न सकिन्छ । त्यस्तै यस एपमार्फत ओपनएआईको पछिल्लो जीपीटी ४ मोडल समेत प्रयोग गर्न सकिने बताइएको छ, जुन सामान्य प्रयोग गर्न सशुल्क रहेको छ ।

पछिल्लो समय माइक्रोसफ्टले बिङलाई भन्दा कोपाइटलाई ब्रान्डिङ गर्न थालेको छ । केही समयअघि मात्र बिङ च्याट इन्टरप्राइजलाई कोपाइलटमा माइक्रोसफ्टले ब्रान्डिङ गरेको थियो । त्यस्तै कोपाइलटको छुट्टै डोमेन समेत बनाएको थियो ।

पछिल्लो अध्यावधिक: पुस १४, २०८० १३:४१