close

पैसा नदिए ज्यान मार्ने भन्दै फोनबाट धम्की दिने रौतहटका श्रीभगवान साह पक्राउ

टेकपाना टेकपाना

पुस २०, २०८० १३:५०

पैसा नदिए ज्यान मार्ने भन्दै फोनबाट धम्की दिने रौतहटका श्रीभगवान साह पक्राउ

 

काठमाडौं । फोन मार्फत ज्यान मार्ने धम्की दिई रकम मागेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा फतुवा विजयपुर नगरपालिका-८ बस्ने ३५ वर्षीय श्रीभगवान साह हुन् ।

साहले एक व्यापारीलाई पटकपटक फोन गरी उनी र उनका छोरा छोरीलाई ज्यान मार्ने धम्की दिई पाँच लाखदेखि ५० लाख रुपैयाँसम्म रकम मागेको बताइएको छ । धम्की दिएको सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न साहलाई पक्राउ गरेको हो । 

धम्की दिने कार्यमा ९८०१५७७५१० नम्बरको मोबाइल प्रयोग भएको र अनुसन्धानका क्रममा सो मोबाइल साहको भएको अनुसन्धानबाट देखिएको छ ।

साथै प्रहरीले सोही घटनामा संलग्न अन्य व्यक्तिहरुको समेत खोजी गरिरहेको छ । उनी उपर आपराधिक लाभ (एक्सटर्सन) सम्बन्धी कसूरमा प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ ।

पछिल्लो अध्यावधिक: पुस २०, २०८० १३:५०