close

इन्जिनियरिङ अध्ययनरत २४ विद्यार्थीलाई एनसेलको छात्रवृत्ति तथा उत्कृष्टता सम्मान

टेकपाना टेकपाना

माघ १३, २०८० १३:१४

इन्जिनियरिङ अध्ययनरत २४ विद्यार्थीलाई एनसेलको छात्रवृत्ति तथा उत्कृष्टता सम्मान

काठमाडौं । एनसेलले इन्जिनियरिङ अध्ययन संस्थान, पुल्चोक क्याम्पसका विद्यार्थीहरुलाई ‘एनसेल छात्रवृत्ति तथा उत्कृष्टता सम्मान’ प्रदान गरेको छ । आफ्नो व्यावसायिक सामाजिक जिम्मेवारी अन्तर्गत कम्पनीले १० वर्षदेखि निरन्तर यस्तो छात्रवृत्ति तथा सम्मान कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

यस कार्यक्रम अन्तर्गत सिभिल, इलेक्ट्रिकल, इलेक्ट्रोनिक्स एन्ड कम्युनिकेसन, कम्प्युटर र मेकानिकल इन्जिनियरिङ संकायमा अध्ययन गर्ने २४ विद्यार्थीहरुलाई छात्रवृत्ति तथा उत्कृष्टता सम्मान प्रदान गरिन्छ ।

एनसेलको मुख्य कार्यलय एनसेल आइकन, लैनचौरमा शुक्रबार आयोजित एक कार्यक्रममाझ विद्यार्थीका अभिभावकहरु, इन्जिनियरिङ अध्ययन संस्थानका प्राध्यापकहरु, एनसेलका व्यवस्थापनका सदस्य लगायतको उपस्थितिमा छात्रवृत्ति तथा सम्मान  प्रदान गरिएको थियो ।

​यस वर्ष अर्थात् २०८० का लागि १८ ओटा शीर्षक अन्तर्गत पहिलो वर्ष, दोस्रो वर्ष र तेस्रो वर्षको परीक्षाको नतिजाका आधारमा सिभिल, इलेक्ट्रिकल, इलेक्ट्रोनिक्स एन्ड कम्युनिकेसन, कम्प्युटर र मेकानिकल इन्जिनियरिङ संकायका १८ जना विद्यार्थीलाई एनसेल छात्रवृत्ति सम्मान प्रदान गरिएको छ । साथै उत्कृष्ट नतिजा ल्याई यी पाँच संकायबाट स्नातक उतीर्ण गरेका ६ जना विद्यार्थीहरुलाई एनसेल उत्कृष्टता सम्मान दिइयाे ।

हरेक छात्रवृत्ति तथा उत्कृष्टता सम्मान पुरस्कारको राशि एक लाख रुपैयाँ रहेको छ ।

पछिल्लो अध्यावधिक: माघ १३, २०८० १५:१९