close

१६ जीबी र्‍याम भएको वनप्लस १२ को प्रि-बुकिङ खुल्यो, मूल्य एक लाख ४० हजार

टेकपाना टेकपाना

माघ १८, २०८० १२:१२

१६ जीबी र्‍याम भएको वनप्लस १२ को प्रि-बुकिङ खुल्यो, मूल्य एक लाख ४० हजार

काठमाडौं । नेपाली बजारमा वनप्लसको पछिल्लो फ्ल्यागशिप स्मार्टफोन वनप्लस १२ को प्रिबुकिङ खुलेको छ । वनप्लसका आधिकारिक वितरकहरू स्मार्ट टक प्रालि र क्रेटोस टेक्नोलोजिजले वनप्लस १२ सँगै वनप्लस १२ र्‍यान्डको प्रिबुकिङ खुलाएको हो ।

कम्पनीले नेपाली बजारमा वनप्लस नोर्ड एन३० एसई स्मार्टफोन समेत सार्वजनिक गरेको छ ।

वनप्लस १२ मा स्न्यापड्रागन एट जेन थ्री फोर एनएम प्रोसेसर रहेको छ भने ५० मेगापिक्सेलको ट्रिपल ह्यासलब्लाड क्यामेरा दिइएको छ । ५४०० एमएएच क्षमताको ब्याट्रीका लागि कम्पनीले १०० वाटको वार्यड चार्जर र ५० वाटको वायरलेस चार्जर दिएको छ ।

१६ जीबी र्‍याम तथा ५१२ जीबी इन्टर्नल स्टोरेज भेरियन्टमा उपलब्ध हुने यो फोनको मूल्य एक लाख ३९ हजार ९९९ रूपैयाँ कायम गरिएको छ । फोन प्रि बुकिङ गर्ने ग्राहकले १२ हजार ४९० रूपैयाँ बराबरको वनप्लस बड्स थ्री निःशुल्क पाउनेछन् ।

त्यस्तै वनप्लस १२आर पनि १६ जीबी र्‍याम छ भने २५६ जीबी स्टोरेज दिइएको छ । यो फोनको मूल्य ९० हजार ९९९ रूपैयाँ रहेको छ भने प्रि अर्डर गर्दा चार हजार ९९० रूपैयाँ बराबरको वनप्लस बुलेट वायरलेस जेड टु इयरफोन उपहार पाइनेछ ।

त्यस्तै ४ जीबी र्‍याम तथा १२८ जीबी स्टोरेज भेरियन्टमा उपलब्ध हुने वनप्लस नोर्ड एन३० एसइको मूल्य २६ हजार ४९९ रुपैयाँ तोकिएको छ । वनप्लसको आधिकारिक स्टोरबाट वनप्लसका यी फोन प्रि अर्डर गर्न सकिने जनाइएको छ ।

पछिल्लो अध्यावधिक: माघ १९, २०८० १२:२३