close

ईसेवा अब नेपाली भाषामै चलाउन सकिने, यस्तो छ तरिका

टेकपाना टेकपाना

फागुन ५, २०८० १३:५५

ईसेवा अब नेपाली भाषामै चलाउन सकिने, यस्तो छ तरिका

काठमाडौं । भुक्तानी सेवा प्रदायक ईसेवा आफ्नो मोबाइल एप नेपाली भाषामा चलाउन सकिने फिचर ल्याएको छ । 'ईसेवा अब आफ्नै भाषामा' नारासहित कम्पनीले यो फिचर ल्याएको हो ।

हाल यो फिचर एन्ड्रोइडमा मात्र उपलब्ध छ । ओईओएसमा पनि चाँडै नै यो फिचरसहित नयाँ अपडेट ल्याउने कम्पनीले जनाएको छ । 

नेपाली भाषामा कसरी चलाउने ईसेवा एप ?

-सबैभन्दा सुरुमा ईसेवा एप खोल्नुहोस् । त्यहाँ तल कुना तिर 'मोर' भन्ने विकल्प छ । त्यसमा क्लिक गर्नहुोस् ।


-अब नयाँ पेजमा स्क्रोल गर्दै तल जानुहोस् । त्यहाँ तपाईंले 'चेन्ज ल्याङ्ग्वेज' देख्नुहुन्छ । त्यसमा क्लिक गर्नुहोस् ।

 

 

-त्यहाँ तपाईंले अङ्ग्रेजी र नेपाली गरी दुई ओटा भाषाको विकल्प देख्नुहुन्छ । अब 'नेपाली' मा क्लिक गर्नुहोस् ।

 

 

-यति गरेपछि तपाईंले एपमा पूरै भाषा नेपालीमा देख्नुहुन्छ । पहिले अङ्ग्रेजी भाषामा भएका अधिकांश विकल्प यति गर्न साथै नेपालीमा आउँछन् । नेपाली भाषामा एप रुचाउनेका लागि ईसेवाको यो फिचर उपर्युक्त हुन सक्छ ।

 

तपाईंले माथिको प्रक्रिया अपनाएर नेपाली भाषामा ईसेवा चलाउन सक्नुहुन्छ । यदि तपाईंलाई पुन: अङ्ग्रेजी भाषामा नै एप चलाउन मन लागे फेरी यही प्रकृया दोहोर्‍याउन सक्नुहुन्छ ।

पछिल्लो अध्यावधिक: फागुन ५, २०८० १५:४७