close

एरोज ब्रान्डका सबै प्रोडक्टमा ५० प्रतिशत छुट, निःशुल्क डेलिभरी हुने

टेकपाना टेकपाना

फागुन २८, २०८० १२:५४

एरोज ब्रान्डका सबै प्रोडक्टमा ५० प्रतिशत छुट, निःशुल्क डेलिभरी हुने

काठमाडौं । नेपाली ब्रान्ड एरोज लाइफस्टाइलले आफ्ना सबै प्रोडक्टमा सात दिनका लागि ५० प्रतिशत छुट दिने घोषणा गरेको छ । एरोजले आउँदो बिहीबारदेखि दराजमार्फत यो क्याम्पियन सुरु गर्ने भएको हो ।

१ देखि ७ चैतसम्म सञ्चालन हुने यो क्याम्पियनमा ग्राहकले एरोज ब्रान्डका सबै प्रोडक्ट ५० प्रतिशत छुटमा खरिद गर्न सक्नेछन् । त्यसमा पनि सुरुवाती दुई सय ग्राहकले ५०० रुपैयाँ बराबरको भौचर पाउनेछन् । मोबाइल बैंकिङमार्फत भुक्तानी गर्दा थप १० प्रतिशत छुट पाउन सकिने कम्पनीले जनाएको छ ।

यस क्याम्पियन अन्तर्गत ग्राहकले एरोजको ५४९९ पर्ने पावर बैंक २७५० रुपैयाँमा खरिद गर्न सक्नेछन् । त्यसैगरी अन्य मोडेलका पावरबैंक, इयरबड, नेकब्यान्ड र स्पिकर पनि सोही मात्राको छुट रकममा खरिद गर्न सकिनेछ । 

यो क्याम्पियन सकिएपछि पनि ग्राहले एरोजका प्रोडक्ट २० प्रतिशत छुटमा खरिद गर्न सक्नेछन् । यो क्याम्पियन दराजबाट एरोजका प्रोडक्ट खरिद गर्दा मात्र लागू हुनेछ । दराजबाट एरोजका प्रडक्ट खरिद गर्न यहाँ क्लिक गर्नुहोस् । 

एरोजका उत्पादन र मूल्य

पछिल्लो अध्यावधिक: फागुन २८, २०८० १४:४