close

नेपालमा एक महिनामै भित्रिए २ अर्ब रुपैयाँ बराबरका स्मार्टफोन

टेकपाना टेकपाना

चैत ६, २०८० १६:०

नेपालमा एक महिनामै भित्रिए २ अर्ब रुपैयाँ बराबरका स्मार्टफोन

काठमाडौं । गएको फागुन महिनामा मात्रै नेपालमा करिब दुई अर्ब रूपैयाँ बराबरका स्मार्टफोन आयात भएका छन् । भन्सार विभागले हालै जारी गरेको तथ्यांक अनुसार विदेशबाट फागुन महिनामा कुल एक अर्ब ९९ करोड चार लाख रूपैयाँ बराबरका स्मार्टफोन भित्रिएकाे हाे ।

यस महिनामा सबै ब्राण्ड गरेर कुल एक लाख २२ हजार ७३४ थान फोन नेपाल आयात भएका छन् । विभागका अनुसार चालू आर्थिक वर्ष २०८०-८१ को पहिलो आठ महिना (साउनदेखि माघसम्म) मा १९ अर्ब ३७ करोड ७७ लाख रूपैयाँभन्दा बढीको १२ लाख ४९ हजार ४८१ थान​ स्मार्टफोन आयात भएका छन्, जुन आव २०७९-८० को साेही अवधिकाे तुलनामा बढी हो ।

गत आवकाे पहिलो आठ महिनासम्म १६ अर्ब ६० करोड रूपैयाँ बराबरका १० लाख ९४ हजार ८८९ थान स्मार्टफोन भित्रिएका थिए ।

नेपालमा सबैभन्दा बढी छिमेकी राष्ट्र चीनबाट मोबाइल आयत भएको छ । चीनबाट मात्रै फागुन मसान्तसम्म कूल १३ अर्ब २९ करोड रूपैयाँ बराबरका नाै लाख १८ हजार २४ थान​ स्मार्टफोन भित्रिएका छन् ।

त्यस्तै दोस्रो धेरै मोबाइल आयात हुने देशमा भारत छ । भारतबाट पाँच अर्ब ७४ करोड ८० लाख रूपैयाँ बराबरका तीन लाख २७ हजार ५६० थान​स्मार्टफोन भित्रिएका छन् ।

पछिल्लो अध्यावधिक: चैत ६, २०८० १६:१८